व्राउनसुगरसहित दुई जना पक्राउ

बेल्टार/चैत २५। अवैध लागुऔषध व्राउनसहित दुईजनालई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० वोक्सेका ३२ वर्षीय मानबहादुर खड्का र १९ वर्षीया आस्था राईलाई २ ग्राम ४ सय २७ मिलीग्राम र व्राउन सुगर, खाँदा प्रयोग गरिने चुरोटका ठुटा र डढेको पैसासहित फेलागरी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ल प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरेको अवैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत उनीहरुलाई मंगलबार प्रहरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले गाईघाटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *