विहिबारको सेमीफाईनल खेलमा तालतलैया विजयी
बेल्टार/फागुन २०। गत शनिबारदेखि जारी तेस्रो बेल्टार मिनी गोल्ड कप फुटबल प्रतियोगितमा विहिबारको खेलमा तालतलैया फुटबल क्लव सुनसरी विजयी भएका छन् ।
खोटाङ–११ लाई २ का विरुद्ध ३ गोलले तालतलैया विजयी भएका हुन् । खोटाङका खेलाडी विक्रम लिम्वुले दुवै गोल गरेका थिए । दुई गोलसंगै लिम्वु प्रतियोगीताको उत्कृष्ठ खेलाडी घोषीत भएका छन् ।
उत्कृष्ट खेलाडी लिम्बुलाई चौदण्डीगढी नगरपालिका वडा नं. ८ का स्थानीय युवा समाजसेवी नवराज राईले पुरस्कृत गरेका थिए । शुक्रबार भने खेललाई विश्राम दिइएको छ ।
प्रतियोगीताको अन्तिम खेल शनिबार इन्द्रेणी क्लव र तालतलैयाबीच हुने आयोजकले जनाएको छ । दुवै समूह सुनसरीका हुन् ।