विरुवा उत्पादन गर्दै, उपभोक्तालाई बाढ्दै

गढीखबर,
बेल्टार/भदौ ८। सव डिभिजन वन कार्यालय बेल्टारले सामुदायिक वनदेखि लिएर कृषक या अन्य व्यक्तिगतलाई निःशुल्क विरुवा वितरण गर्दै आएको छ । सव डिभिजन वन कार्यालय बेल्टारमा उपलब्ध विरुवाहरु उपभोक्ताहरुलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

 

पहिलेपहिले विरुवाको लागि जिल्ला धाउदासम्म प¥याप्तमात्रामा नपाईने विरुवा आजभोली आफ्नै गाउँठाउँमा रोजीछाडी मनपर्ने विरुवाहरु प्रसस्त मात्रामा पाउँन थालिएको हो ।

चौदण्डीगढी नगरपालिकाको ७ नं. वडा स्थित सव डिभिजन वन कार्यालय बेल्टारको सव डिभिजन वन नर्सरी, बेल्टारबाट विभिन्न जातको विरुवा उपलब्ध हुँदै आएको छ ।

कार्यालयले आर्थिक वर्ष ०७६/०७७ बाट १३ प्रकारका विरुवाहरु वितरण गर्दै आएको कार्यालय प्रमुख धर्मदेव ठाकुरले बताए । ‘प्रदेश हरित अभियान कार्यक्रम’ अन्तर्गत टाँकी ३ हजार ४ सय ९५

थान, गोल्ड मोहर जातको २ हजार ६ सय ८० थान, खमारी ५ हजार ४३ थान, खयर ५ हजार ७ सय २० थान, बकाईनो ८ हजार ६ सय ९ थान, मसला ४ हजार ८ सय ५६ थान, ईविल–ईविल ५ हजार ८

सय २० थान, टिक १२ हजार ७ सय २४ थान, मुनुन्गा, ७ सय थान, किम्बु ५ सय थान, बयर ९ सय थान, सिमल १ सय थान र रक्त चन्दन १ सय थान गरी जम्मा ५१ हजार २ सय ४७ थान विरुवा उपलब्ध छन् ।

कार्यालय प्रमुख ठाकुरको आगमन पश्चात स्थानीय स्तरमै विरुवा उपलब्ध हुन थालको हो । तर, विरुवाहरु असार भित्र बाडी सकिएको ठाकुरले बताए ।

उनले भने, ‘आवश्यक्ता भएकाहरुलाई निःशुल्क दिईने हो, सामुदायिक वन, कृषक समूह र व्यक्तिगत माग गर्नेलाई समेत विरुवा दिने गरेका छौं ।’ सव डिभिजन कार्यालय मातहत ३५ वटा सामूदायिक वनहरु रहेको पनि उनले बताए ।

तर, विरुवा उत्पादनमा प्रचार प्रशार नभएको कतिपय उपभोक्ताहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *