वरिष्ठ पत्रकार चेम्जोङको पुस्तक ‘उदयपुरको इतिहास) लोकापर्ण

बेल्टार/पुस २४। वरिष्ठ पत्रकार कौशल चेमजोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तकको लोकापर्ण गरिएको छ ।

हिजाे (बिहिबार)  काठमाडौंको सत्यमोहन जोशी लोकसाहित्य भवन बखुम्बहालमा आयोजित एक कार्यक्रमको बीच शताब्दी पुरुष तथा संस्कृतविद सत्यमोहन जोशीद्वारा पुस्तकको लोकार्पण गरिएको हो ।

उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको पुस्तकमा उदयपुरको सम्पूर्ण इतिहासलाई समावेश गरिएको छ ।

निकै लामो समयसम्म खोजमुलक अध्ययनलाई सचित्रमा उतार्न प्रयास गरेको वरिष्ट पत्रकार चेमजोङले समारोहमा बताएका छन् ।

उनका अनुसार पुस्तकमा उदयपुरको ऐतिहासिककालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, समुदाय र जातजाति तथा समाज

विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत बिभिन्न विषयमाथि खोज अनुसन्धान गरी प्रकाशनमा ल्याईएको उनले बताए ।

अत्यावश्य र महत्वपूर्ण यो पुस्तकले उदयपुरको चिनारीको रुपमापनि लिन सकिने कार्यक्रमा सहभागी पत्रकार भोटराज राईले जानकारी दिए । ७ सय पृष्ठ रहेको पुस्तकको मूल्य १ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *