वंसिलामा विद्युत उद्घाटन

बेल्टार/चैत २०। वर्षौदेखि अध्यारोमा बस्दै आएका वंसिलावासीको बाध्यता आजबाट हटेको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. १ को वंसिला घाटमा  आज (शुक्रबार)बाट      विद्युत सेवा पुगेपछि स्थानीयवासीको अध्यारोमा बस्ने बाध्यता हटेको हो ।

नगर प्रमुख खगेन्द्र राईले वत्तिको (स्वीच अन) गरी उद्घाटन गरेपछि विधिवत रुपमा वत्ति बलेको छ ।

वडा कार्यालय, नगरपालिका र विद्युत प्राधिकरणको ३० लाख रुपैयामा सो क्षत्रमा बल्ल विद्युत विस्तार भएको वडाध्यक्ष रोहितमान तामाङले बताएका छन् ।

नगरपालिकाको विकट वडाको रुपमा चिनिएको भएपनि सो क्षत्रको छिमेकी जिल्ला भोजपुरको नाका रानीटारमा भने दुई वर्षअगाडीनै वत्तिको सुविधा पुगिसकेको छ ।

नागरिकको चाहना भनेको विकास निर्माण योजनाहरु भौतिक पूर्वाधारहरुमध्ये सडकबाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृृषि लगायतका क्षत्रमा भएकाले विशेष ध्यन दिएर करौडौको खानेपानी योजना, झोलुङ्गे पुलपछि निकट भविस्यमै पक्कि पुल निर्माण हुने नगर प्रमुख राईले बताए ।

त्यसैगरी कृषिको लागि स्वारोजगारको क्षत्रमा पनि चाँडैनै प्राविधिक टोलीले निरिक्षण गर्ने प्रमुख राईले बताए ।

उप प्रमुख रिताकुमारी चौधरीले विकास निर्माण नागरिकको नैसर्गिक अधिकार भएकोले स्थानीय सरकार भनेको स्थानीयवासीको सेवा गर्नकै लागि जनप्रतिनिधिहरु चुनिएको बताइन् ।

नागरिकको विशेष प्राथमिक्ताको आधारमा विकास निर्माण गर्नेको बताइन् ।

पारीपट्टी खोटाङ जिल्लाको बाराहापोखरी गाउँपालिकाको वडा नं. ५ पर्दछ भने वारी छुइलाको फेदीमा पर्दछ वंसिलाघाट ।

सो क्षत्रमा गत वर्ष झोलुङ्गे पुल नगर प्रमुख राईद्वारा नै उद्घाटन भएपछि सो क्षत्रमा नयाँ बजारको रुपमा स्थापित भएको बस्ति हो ।

कार्यक्रममा राजनीतिकर्मीहरु जागिरमान राई, राजेन्द्र पौडेल, त्यसैगरी ४ नं. का वडाध्यक्ष चरणकुमार राई, ८ नं. वडासदस्य वासुदेव राई, शिक्षक पदम तामाङ लगायतले शुभकामन व्यक्त गरेका थिए ।

कार्यक्रममा नगर सदस्यहरु अस्मिता नेपाली, प्रमिला दनुवार, युवा समाजसेवीहरु देवीराज राई, राजेन्द्र विद्रोही, विवस राई, विशाल गेलाल, एसव राई, अपार ओझा छिमेकी जन्तेण्ढुंगा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष केदारमान राई लगायतको उपस्थिती रहेको थियो ।

स्थानीय समाजसेवी सन्तोष राईको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रम वडाध्यक्ष रोहितमान तामाङको अध्यक्षता र वडासदस्य मणि कोइरालाको सञ्चालनमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *