वंशिलाघाटमा पक्कि पुलको लागि सम्भावियता अध्ययन

बेल्टार/फागुन १०। वंशिलाघाटमा पक्कि पुलको लागि सम्भावियता अध्ययन शुरु गरिएको छ ।

सोमबार चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईको नेतृत्वमा कालिका कन्स्ट्रक्शनका दुई इञ्जिनीयरहरु आकास गुरुङ र सञ्जय श्रेष्ठको टोलीले सो अध्ययन शुरु गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १ र खोटाङको बाराहापोखरी गाउँपालिका वडा नं. ५ बीच जोड्ने दुधकाेसी नदीमा पक्कि पुलको लागि पहलकदमी भइरहेकोले पहिलो चरणको काम विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को लागि सो इञ्जिनीयरहरु खटिएको नगरप्रमुख राईले बताए ।

पहिले पनि हाम्रो आफ्नो तरिकाले डीपीआर तथा माटो परिक्षण गरिएकोले हाम्रो प्रतिवेदन र उहाँहरुको प्रतिवेदनलाई तुलना गरेर सम्भवत आगामी नयाँ आर्थिक वर्षबाटै काम हुने हुछ, नगर प्रमुख राईले भने ।

काम सम्भव भए टेन्डर आह्वान भएपछि काम शुरु हुने भएकोले दुईदिनसम्म यही बसेर आफ्नो प्रतिवेदन तयार गर्ने इञ्जिनीयर गरुङले बताए ।

अहिले सो क्षत्रमा नगर प्रमुख राईबाटै गत वर्ष उद्घाटन भएको झोलुङ्गे पुलले आवतजावतमा सहज भएको यात्रुहरु बताउँ छन् ।

अध्ययनमा १ नं. का वडाध्यक्ष राेहितमान तामाङ, नगर सदस्य स्मिता नेपाली, स्थानीय समाजसेवी सन्ताेष राइ,   बेलका नगरपालिकाका समाजसेवी श्यामबाबु राइ, विद्यार्थी नेता विवस राइ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *