लामाखोलामा अस्थायी पुलको शिलान्यास

बेल्टार/चैत २२। वर्षायाममा खोलामा आउने बाढीका कारण वारीपारी गर्न समस्या हुने भएपछि बल्ल अस्थायी पुल निर्माण हुने भएको छ ।

चौदण्डीगढी नगरपालिकाको वडा नं. २ र ४ लाई जोड्ने लामाखोलामा अस्थायी ट्रसव्रिज निर्माण हुने भएपछि स्थानीयको समस्या हट्ने भएको हो ।

झोडापाटा र बसाहाकोबीचको जिराइटोल स्थित लामाखोलामा अस्थायी ट्रसव्रिज निर्माण हुने पुलको आइतबार संघीय संसद डा. नारायण खड्काले शिलान्यास गरेका हुन् ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको १८ लाख रुपैयाँ र नगरपालिकाको १० लाख रुपैयागरी कूल २८ लाखमा सो पुल निर्माण हुन लागेको हो ।

लम्बाइ २५.५ मिटर र चौडाइ ८ फिटको हुने पुलको पाँच वटा पिलर निर्माण गरिने निर्माण पक्षले जनाएको छ । कार्यक्रमा नगरप्रमुख खगेन्द्र राई, स्थानीय प्रदिप केसी लगायतको उपस्थिती रहेको थियो ।

नगरसदस्य मनु कार्की स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रम दिपेन राईको संचालन गर्नु मौसम राईको सभापतित्वमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *