लागुऔषध, गाँजा र चोरीका समानसहित ८ जना पक्राउ

बेल्टार/माघ २७। लागुऔषध, गाँजा र चोरीका सामानसहित बिभिन्न ठाउँबाट ८ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ६ जना तथा चोरीका १८ थान सुनचाँदीका गहना र एउटा ल्यापटप त्यस्तै १ सय २१ किलो गाँजा र ६३ थान विभिन्न प्रकारको लागुऔषधसहित २ जनागरी जम्मा ८ जनालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सोमबार साँझ ५ः०० बजेको समयमा त्रियुगा नगरपालिका ६ जलजलेमा सिराहाको लहानबाट गाईघाटतर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्नेक्रममा लागुऔषधसहित ६ जना पक्राउ परेका हुन् भने ६३ एम्पुल लागुऔषध र २ थान सिरिन्जसहित त्रियुगा नगरपालिका वडा

नं. १ बस्ने वर्ष ३२ का विदुर अधिकारी, त्रियुगा १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा १३ का २५ वर्षीय सागर चौधरी, त्रियुगा १२ का १५ वर्षीय राजाराम भगत, त्रियुगा ११ का २६ वर्षीय असिम राई र सुनसरी ईटहरी उपमहानगरपालिका २ का २५ वर्षीय अभिषेक जैसवाललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट डाइजेपाम २१ एम्पुल, फेनार्गन २१ एम्पुल, लुपिजेसिउ २१ एम्पुल पनि बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

सोमबार राति त्रियुगा १२ का राजकुमार श्रेष्ठको घरबाट चोरी भएको एउटा ल्यापटप, ओप्पो कम्पनीको मोबाईल १ थान र सोही ठाउँकी रुपा

खड्काको घरबाट १ थान सुनको बाला, ३ थान औठी, चाँदीको कल्ली ४ थान, चाँदीका पाउजु २ थान, चाँदीकै सिक्री ३ थान, ब्रास्लेट २ थान, औठी ३ थानसहित पक्राउ परेका त्रियुगा ११ का २६ वर्षीय बालकुमार बुढाथोकीलाई पनि प्रहरीले सार्वजनिक गरेको हो ।

त्यस्तै सोमबार दिउँसो कटारी नगरपालिका ८ सानो दमारस्थित सिद्धिचरण लोकमार्गको बेतिनीबाट १ सय २१ किलो गाँजासहित ताप्ली गाउँपालिका ३ निगालबास स्थायी घर भई सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाईलमा बस्दै आएका ४१ वर्षीय सन्तबहादुर मगर

पक्राउलाई पनि प्रहरीले पक्राउ गरेको छ । मगरलाई बेतिनीबाट कटारीतर्फ आउँदै गरेको स १ च ८०४ नं. को बोलेरोमा अदुवाको बोरामा लुकाएर कटारीतर्फ ल्याउँदै गरेको गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध, सुनचाँदीका गहना र गाँजासहित पक्राउ सबैलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले सम्मेलनमा जानकारी दिएका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *