लागुऔषधसहित तीन युवा पक्राउ

बेल्टार/चैत ११। लागुऔषधसहित तीन जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका वडा नं. ६ का २५ वर्षीय प्रताप मगर, ३० वर्षीय सुरज राई र अर्का वडा नं. ४ बसाहाका सुमन राईलाई आज (बुधबार) दिउँसो १ बजे ६ नं. वडाकाे बेल्टारबाटै प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो भोटेको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मगरको घरमा लुकाईछिपाई राखेको लागुऔषध लुपिजेसिक २५ थान, फेनारागन २५ थान, डाइजेपाम २५ थान र प्रयोग गरिएको सिरिन्ज १ थान बरामद गरिएको छ ।

त्यसैगरी सुरजकोसाथबाट ५० ग्राम गाँजा र सुमनकोसाथबाट लुपिजेसिक २ थान, फेनारागन २ थान र डाईजेपाम २ थान बरामद गरिएको इप्रका बेल्टारका प्रहरी निरीक्षक भोटेले जानकारी दिए ।

तीनै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवाहरुलाई पक्राउ गरिएको स्थान भने इप्रकाबाट १ किलो मिटर नजिक दक्षिणमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *