लकडावन १२ दिन थपियो

गढीखबर
बेल्टार/बैसाख २। सरकारले लकडाउनको समयावधि थप गरेको छ । विश्वव्यापि महामारीको रुपमा पैmलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु¥याएको हो ।

आज बसेको मन्त्रपरिषदको निर्णयले सो समय थप गरेको छ । (कोभिड १९) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको छ । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ ।

भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो । यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो ।  स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारल निर्णय समेत गरेको छ । उता भारतले पनि लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *