लकडाउनको बेला साना योजनाहरु तिव्रगतिमा निर्माण हुँदै

बेल्टार/जेठ २। गत २४ देखि जिल्लाभरका स्थानीय तहमा लकडाउन भयो । तर, स–साना योजनाका कामहरु भने चलिनै रहेका छन् ।

यसको सानो उदाहरण हुन् चौदण्डीगढी नगरपालिका वडा नं. २ झोडापाटा र ४ नं. वडा बसाहाबीच बग्ने लामाखोलामा निर्माणाधीन (ट्रसव्रीज) फलामेको पुल  ।

संघीय संसदको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको १८ लाख र नगरपालिकाको १० लाखगरी कूल २८ लाखमा निर्माण भइरहेको पुल उपभोक्ता मार्फत बनिरहेको हो । १९ फिट उचाइमा रहेकाे पुलकाे लम्वाइ २७ मिटर र चाैडाइ ८ फिट रहेकाे छ ।

बसाहाका स्थानीय मौसम राई अध्यक्ष र झोडापाटाका स्थानीय दिपेन्द्र राई सचिव रहेर निर्माण भइरहेको पुलको शिलान्याश गत २२ गते संघीय संसद डा. नारायण खड्काले गरेका थिए ।

वर्षायाममा खोलामा बाढी आउँदा निकै सास्ति खेप्दै आएका स्थानीयले पुल बनेपछि वारीपारी गर्नको लागि सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *