रौतामाई गापामा पनि दुई महिला संक्रमित

गढीखबर,
बेल्टार/असोज २६। रौतामाई गाउँपालिकामा पनि पहिलो पटक दुई महिलामा संक्रमण पोजिटिभ देखिएको छ । वडा नं.७ को क्वारेन्टाइनमा रहेका ४० र ४६ वर्षिय महिलामा संक्रमण आईतबार पुष्टि भएको हो ।

गत २२ गते मुर्कुचीबाट लिइएको १४ जनाको स्वाब मध्ये दुई जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  दुवैलाई प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्थापित प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले कोरोना पुष्टि गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

योसंगै  उदयपुरमा कोरोना संक्रमितको संख्या ४६ महिलासहित १ सय ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *