राजश्व छली गरिएको सामान बरामत

गढीखबर
बेल्टार, पुस २। बुधवार विहान राजश्व छली बिक्रीको लागि लहानबाट गाईघाटतर्पm ल्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

त्रियुगा नगरपालिका ६ लालपत्ता स्थित प्रहरी चौकीमा चेकजाँचको क्रममा लहानदेखि गाईघाट आउँदै गरेको ना १ क ३७६३ नं. को पिकअप

गाडीमा  ल्याउँदै गरिएको ग्यास चुला, कुकरका समान गरिएको हो ।

बरामद सामानसंगै गाडी चालक सिरहा मिर्चैया नगरपालिका वडा नं.२ बस्ने वर्ष ३१ का अर्जुन श्रेष्ठ र सोही ठेगानाका समानका धनी वर्ष २४ का रविन दाहाललाईसमेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुबाट अन्दाजी २ लाख ४७ हजार ४ सय ९४ रुपैया मूल्य बरावरको सामान बरामत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बरामत सामान  आश्यक कारबाहीको लागि कर दाता सेवा कार्यालय गाईघाटमा पठाएको पनि प्रहरीले जनाएको छ ।

उक्त बरामत सामानसंगै लहानदेखि गाईघाट आउँदै गरेको विङ्गर गाडीमा खरिद गरिएको कुनै आधार विलहरु र जिम्मेवार व्यक्तिसमेत नभेटिएकोले २४ पोका कविर नामक खैनीसमेत बरामद गरी कर दाता सेवा कार्यालय गाईघाट पठाईसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *