राजन जीलाई जिताउनुहोस मन्त्री बनाउन सिफारिस गर्नेछु: परराष्ट्रमन्त्री डा. खड्का

बेलका/ कार्तिक २७। नेपाल सरकारका परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजन किराती ‘वासु’ लाई प्रदेश सरकारको मन्त्री बनाउन प्रचण्डलाई सिफारिस गर्ने बताएका छन । उदयपुरको बेलका नगरपालिका-९ रामपुर बजारमा शनिबार लोकतान्त्रिक-वाम गठबन्धनद्वारा आयोजित कोणसभालाई संबोधन गर्ने क्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन ।

उनले भने, ‘उदयपुर निर्वाचन क्षेत्र १ (क) को प्रदेशसभा सदस्यमा विजयी गरेर पठाउनुहोस उहाँलाई प्रदेश सरकारको मन्त्री बनाउन प्रचण्ड जीलाई सिफारिस गर्नेछु, तर तपाईहरुले अमूल्य भोट दिएर जिताएर पठाउनु पर्छ ।’

शालिन, भद्र, सरल, निष्कलंकित र स्वच्छ छवी भएका नेता वासु जीलाई एक पटक तपाईहरुको सेवा गर्ने मौका दिनुहोस भन्दै मन्त्री खड्काले  मतदाताहरुलाई आग्रहसमेत गरे ।

२ हप्तादेखी आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा रहेका मन्त्री खड्काले राजन जी र मैले हारे केही हुन्न तर सास्ती र दुख जनताले नै भोक्नु पर्ने भएकोले फेरी मुलुकमा  प्रतिगामी तत्वले अराजक र अस्थिरता ल्याउन सक्छ त्यसको लागि लोकतान्त्रिक वाम गठबन्धनले विजयी हुन जरुरी छ उनले भने।

कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार राजन किरातीले तीनै तहको सरकार भएमा जनताको काम गर्न सहज हुने भएकोले लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुले विजयी हुन आवश्यक रहेको बताए ।

आफूहरुले विजयी भएमा जनताको आधारभूत आवश्यकतालाई क्रमागतरुपमा चाडै पूरा हुनेगरी काम गर्ने बताए ।

अरुले जस्तो विकास निर्माण भनेको जादुको छ्डी हो, सबैएकै चोटि बनाईदिन्छौ भन्दै हामीले  ढाट्दै भोट नमागेको स्पष्ट पनि पारे ।

गठबन्धनपछि  प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्का र प्रदेशसभा सदस्यका उम्मेदवार नेता किराती २ हप्तादेखी सँगसँगै चुनावी घरदैलो कार्यक्रममा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *