रक्तदाताहरु सम्मानित

बेल्टार/पुस २९। गत मंसिर १७ गते आयाेजित रक्तदान कार्यक्रममा रगतदान गर्ने व्याक्तित्वहरूलाई सम्मान  गरिएको छ ।

गत मंसिर १७ गते  नेपाली कांग्रेस पार्टी निकट केन्द्रीय खेलकुद विभागद्वारा आयोजित कार्यक्रमा रक्तदान गर्ने ७० जना व्यक्तित्वहरुलाई कुवाखानीमा पिक्निक कार्यक्रमकाे आयाजना गरी उनीहरूलाई कदर–पत्रद्वारा  सम्मान गरिएको हो ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ चौदण्डीगढीद्वारा २ र ६ नं. वडाबीच पर्ने चर्चित पर्यटकीय स्थल कुवाखानीमा बुधबार आयाेजित

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, १ नं. प्रदेशका संसद हिमाल कार्की, जिल्ला सचिव मदन कटवाल,

चौदण्डीगढीका नगर सभापति राजेन्द्र पौडेल, नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी, क्षत्रीय सचिव शुशिल खत्री, रेडक्रसकी सिमा थापा ललगायतले कदर पत्र हस्तान्तरण गरेका थिए ।

विश्वभर कोभिड–१९का कारण रगतको अभाव महसुश गरी पार्टीले रक्तदानको आयोजना गरेको थियो ।

कार्यक्रममा १, ३ र ४ नं. का वडाध्यक्षहरु रोहितमान तामाङ, प्रशुराम राई, चरणकुमार राई, त्यसैगरी नगर खेलकुद विकास समितिका अध्यक्ष

शशिचन्द्र राई, सचिव भाष्कर चौधरी, सदस्य तथा व्यडमिन्टनका संयोजक देवीराज राई, युवासमाजसेवीहरु निजु श्रेष्ठ, दिपेन्द्र वान्तावा, विवश

राई, विशाल गेलाल, लगायतका विभिन्न क्षत्रका प्रभुत्व व्यक्तित्व वर्गहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *