मोटरसाईकलकाे ठक्करले बालिका घाइते

शुनिल राई,
चौदण्डीगढी/असोज ३। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ७ कल्याण चोक स्थित एक बालिकालाई मोटरसाईकलले ठक्कर दिँदा एक बालिका गम्भिर घाइते भएकी छन् ।

आइतबार विहान करिव ८ बजेतिर आफ्नै घर छेउको सडकमा खेल्दै गरेकी ३ वर्षीया बालिका आयाम तामाङलाई मोटरसाईकलले ठक्कर दिँदा गम्भिर घाइते भएकी हुन् ।

बालिकाको टाउकोमा गम्भिर चोट लागेपछि उपचारको लागि विरटनागर न्यूराे अस्पताल    पठाइएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

सिसीटिभीको फुटेजमा २२० सिसीको पल्सर मोटरसाईकलमा दुई जना सवार देखिन्छ । तर पनि सो मोटरसाईकलको पुरै पहिचान हुन सकेको छैन ।

नयाँ अन टेष्ट भएकाे माेटरसाइकल चालकले हेल्मेटसम्म प्रयाेग गरेकाे देखिन्दैन । दुर्घटना गराइ भागेकाे माेटरसाइकलकाे  तिव्ररुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *