मालपोत कार्यालयका एक जनामा संक्रमण पुष्टि

गढीखबर,
गाईघाट/साउन १६। गाईघाट स्थित मालपोत कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । आजै मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएको छ ।

कोरोना पुष्टिभएसंगै कार्यालयलाई शिल गरिएको छ । अर्को सूचना प्रकाशित नभईञ्जेल सम्मको लागि कार्यालय शिल गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताएका छन् ।
अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर ननिस्किन प्रजिअ पाण्डेले सर्वसाधारणलाई अनुरोधसमेत गरेका छन् ।

त्यसैगरी विहिबार बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक जना होटल संचालक २० वर्षिय पुरुष छन् भने अर्का एक जना कपडा व्यवसायी ३५ वर्षिय महिलामा संक्रमण देखिएको थियो ।

एक जिल्लाबाट अर्को जिल्ला र अन्य जिल्लाबाट यस जिल्लामा आउनेहरुको लागि पनि कडाई गरिएको जानकारी दिए । यस्तै मास्क नलगाई बस्नेलाई अवदेखि जरिवाना वा पक्राउ गर्नेसम्मको कार्य थालनी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भिमबहादुर दाहालले जानकारी दिए ।

यसअघि भारत तथा अन्यत्र देश ठाउँहरुबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोनाको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । बेलका नपामा २४ जना, त्रियुगा नपामा ५१ जना, कटारी नपामा ७ जना, चौदण्डीगढी नपामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गापामा ३ जना गरी जम्मा ८८ जनामा कोरोना संक्रमण देखिएपनि प्राय सबै निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *