‘माक्स लगाऔ’ अभियानमा नेपाल प्रहरी

गढीखबर 
बेल्टार/असार २९। कोरोना भाईरसको संक्रमण नागरिकमा पैmलिन नदिन दिनरात खटिन्दै जनचेतना मुलक विभिन्न क्रृयाकलाप गर्दै आएको ईलाका प्रहरी कार्यालय बेल्टारले आज (सोमबार) पुनः नागरिकमाझ “माक्स लगाऔ”अभियान सञ्चालन गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टार, सशस्त्र प्रहरी वल वेस क्याम्म कार्यालय बेल्टार र सामुदायिक–प्रहरी साझेदारीबीचको सहकार्यमा नागरिक जनचेतनाको अभियान सञ्चालन गरिएको हो । माक्स खोई ? माक्स लगाउनुहोस् लगायतको प्लेकार्ट सहित बजार परिक्रकमा गरिएको छ । बजारमा विना माक्स घुमि हिड्नेलाई रोक्दै माक्स लगाईदिँँदै सम्झाउदै पठाईएको छ ।

यो अभियान नागरिककै स्वास्थ्यको लागि भएकोले अनिवार्यरुपमा माक्स प्रयोग गर्न आग्रह गरिन्छ र विशेष गरी माक्स लगाउनकै निम्तिपनि जनचेतना अभिवृद्धि गर्नको लागि अभियान सञ्चालन गरिएको ईप्रका बेल्टारका प्रहरी निरीक्षक वुद्धिराम चौलागाईले बताए । ईप्रका कार्यालय बेल्टारको आयोजनामा अभियान सञ्चालन गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *