महिलाको कंकाल फेला प¥यो

बेल्टार/बैशाख ५। उदयपुरमा मानसिक सन्तुलन गुमाएकी एक महिलाको कंकाल फेला परेको छ ।

रौतामाई गाउँपालिका वडा नंं. ७ स्थित नवज्योति सामूदायिक वनको हिले खोल्सीको शिरमा सो महिलाको कंकाल फेला परेको हो ।

अहिलेसम्म नाम वतन नखुलेको अन्दाजी २७ वर्षीय महिलाले प्रयोग गरेको चुरा, पोते र टाउकोमा ढुंगाले प्रहार गरी हत्या गरेको अवस्थामा कंकाल फेला परेको प्रहरीले जनाएको छ ।

हत्या अभियाेग लागेका अाछामी

उक्त कंकाल स्थानीय घाँस दाउरा गर्नेहरुले विहिबार बेलुका साँझमा फेला पारी प्रहरीलाई खबर गरिएका थिए ।

महिलाको हत्यामा संलग्न भएको आरोपमा सोही वडाका २४ वर्षीय राजु आछामीलाई हिजो (शनिबार) प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका आछामीको बयानको आधारमा गत चैत ११ गते बेलुकी साँझमा तान्दै जंगल भित्र लगी जवरजस्ति करणी गरी टाउँकोमा ढुंगा प्रहार गरेर हत्या गरेको स्वीकारेका प्रहरीलाई बयान दिएका छन् ।

मृतक महिलाले मानसिक सन्तुलन गुमाएकी भएकोले स्थानीय बजारहरु मुर्कुची, सुकौरा, राजावास, अधेरी क्षत्रमा मागेर खाइहिडेको बताइएको छ ।

हत्याको प्रमाण भने पीडक आछामीको घट्ना स्थलमा टोपीसमेत प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पीडक आछामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *