मंगलबारको खेलमा खोटाङ–११ को जित

बेल्टार/फागुन १८। चौदण्डीगढीको बेल्टार स्थित शहीद रामप्रशाद राई रंगशालामा जारी तेस्राे बेल्टार मिनी गाेल्ड कप  फुटबल प्रतियोगीतामा खोटाङ–११  विजयी भएका छन् ।

उदयपुरको बेलका–११ लाई १ का विरुद्ध २ गोलले खोटाङ विजयी भएको हो । खेलको पहिलो हापको १७ औ मिनेटमा जर्सी नं. १० का विदेशी खेलाडी म्याक्सले पेनाल्टी मार्पmत पहिलो गोल गरेर आफ्नो समूहलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो खेलमा खोटाङकै खेलाडी जर्सी नं. १७ का राजेन्द्र रावलले १२ औ मिनेटमा १ गोल थपेपछि बेलकाका खेलाडीहरुलाई पूर्णरुपमा दबाबमा परेका थिए ।

बेलकाकाेतर्फबाट खेलकाे दोस्रो हापको २९ औ मिनेटमा जर्सी नं. १४ का अमित तामाङले १ गोल फर्काएका थिए । मंगलबारको खेलमा बेलका–११का जर्सी नं. ११ का खेलाडी विक्की मगर उत्कृष्ठ खेलाडी घोषीत भएका छन् ।

खेलाडी मगरलाई नगद २ हजार रुपैयाँले दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उप प्रमुख सपना राई र चौदण्डीगढी नगरपालिका वडा नं. ७ का समाजसेवी क्य. रामबहादुर राईले प्रदान गरेका छन् ।

अकाउट विधिबाट आयोजना भइरहेको फुटबल प्रतियोगीतामा बुधबार (भोली) को खेलमा त्रियुगा वोक्से फुटबल क्लव र सुनसरीको इन्द्रेणी क्लवबीच हुने आयोजक मध्येका सचिव पिटर राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *