भोली बेलकामा भव्य यलेदोङ मनाईदै

ललित राई,
बेलका/पुस २९। कोरोना महामारीका बीच पनि यस पटकको किरात सम्वत नयाँ वर्ष यलेदोङ ५०८१ भव्यरुपमा मनाउँन लागिएको छ ।

बेलका नगरपालिकाको किरात चोक स्थित मनाउन लागिएको कार्यक्रमको तयारी सकिएको आयोजकले जनाएको छ ।

किरात राई समुदायले माघ १ गतेलाई आफ्नो नयाँ वर्ष यलेदोङको रुपमा मनाउँदै आएको छ ।

कार्यक्रम किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष राकेश किरातीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा चौदण्डीगढीका मेयर खगेन्द्र राई, बेलका नगरपालिका मेयर दुर्गा थापा लगायतको उपस्थिती रहने आयोजकले बताएको छ ।

उक्त कार्यक्रममा वरिष्ठ गायक तथा सांस्कृतिककर्मी जीतेन राई, चर्चित गायक विनोद खम्वू, गायिका सरला राई लगायतका राष्ट्रिय

कलाकारहरुको सांगीतिक प्रस्तुतीसमेत रहने किराया बेलका नगर समितिका अध्यक्ष तथा समाजसेवी सुरेन्द्र राईले बताए । आयोजित कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कार्य सकिएको अध्यक्ष राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *