भोली गाईघाटमा नेकपा एसको भेला

बेल्टार/असोज २। उदयपुरमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला स्तरीय कार्यकर्ता भेला हुने भएको छ ।

नेकपा एमालेबाट छुट्टिएपछि निर्वाचन आयोगमा पार्टी दर्ता गरी संगठन विस्तारमा लागेको पार्टीले जिल्लामा आइतबार पहिलो पटक भेला गर्न लागेको हो ।

माधव नेपालको समानान्तर समितिमा रहेका कार्यकर्तालाई गोलबन्द गर्ने उदेश्यले जिल्ला स्तरीय अगुवा कार्याकर्ता भेलाको आयोजना गरेकाे पार्टीले जनाएको छ ।

गाईघाटको होटल टाउन हलमा ११ बजेदेखि कार्यक्रम सञ्चालन हुने पार्टीका जिल्ला संयोजक राममणि पोखरेलले जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्यहरु बलदेव चौधरी, केन्द्रीय सदस्य

तथा प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राई, केन्द्रीय सदस्य जयन्ती राई, नेताहरु महेश रेग्मी, महपुस मिया लगायतले कार्यक्रमलाइ सम्वाेधन गर्न आउने   संयोजक पोखरेलले जानकारी दिए ।

कार्यक्रममा प्रत्येक पालिकाहरुबाट नेता कार्यकर्ताहरुको उत्साहजनक उपस्थिति हुने संयोजक पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *