बैकले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्

बेल्टार/असार ३। उदयपुरको चौदण्डीगढी नगरपालिका क्षत्रभित्र बढीजसो चहलपहल हुने बैंक भनेकै राष्ट्रिय बाणिज्य बैक हो ।

हिजो ( बुधबार ) मात्र नयाँ  संक्रमितको संख्या १९ जना पुष्टि भएको पालिकामा  बैंक जस्तो कार्यालयले सामान्य स्वास्थ्य मापदण्डसमेत अपनाएको भने पाइन्दैन ।

नेपाल सरकारले सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई जस्तापाता दिने भएपछि नागरिकले बैंकमा अनिवार्य खाता खोल्नु पर्ने प्रावधान छ ।

सो अनुसार अहिले उक्त सुविधा  लिनको लागि खाता खोल्नेहरुको निकै भिडभाड हुने गर्दछ । बैंकका कर्मचारी भने सुरक्षीत हुने तर बाहिर सेवाग्राहीहरुलाई बेवास्ता हुनेगरी  मूल ढोका (गेट) मा खचाखच हुने गर्दछन ।

कतिपय सेवाग्राहीहरु केही नबुझेर बुझ्न  खोज्दा पनि बैंकका कर्म्चारीहरुको रुखोबोली बचनले सर्वसाधारण आजित भएका छ्न् ।

चिनेजानेका ठुलाबडालाई पास या टोकन चाहिन्दैन, अन्य सामान्य नागारिकलाई भने केहिकुरा बुझ्न खोज्दासमेत झर्किने हप्काउने गर्दछन, एक जना महिला सेवाग्राहीले गढीखबरसँग गुनासो पोखिन ।

कतिले त फाराम भरेको भएन भन्दै फर्म नै फाल्दिने गरेको पनि सेवाग्राहीहरु बताउछन । यस्तो महामारीको समयमा लाईन लागेर पालै पालो गर्दा हुने, तर सेवाग्राहीलाई व्यवस्थापन गर्ने बैंकको गैर जिम्मेवारीपन हो भन्छन सिद्दिपुरका एक स्थानिय ।

नागरिकका गुनासोका  विषयमा बैंकका शाखा प्रबन्धक नारायण पण्डितसंग फोन स्म्पर्क गर्न खोज्दा फोन उठाएनन । सेवाग्राहीले मास्क त प्रयोग गरेको पाईयो,  तर भरपर्दो भने थिएन ।

कसैले च्यूडो मुनि त कसैले नाक मुनि मुखमात्र छोप्ने गरी प्रयोग भएको पाईयो । कोरोना संक्रमणको बेला केही दिन बन्द भएको बैंकहरु अहिले दैनिक बिहान १० बजेदेखी २ बजेसम्म खोल्ने गर्दछन ।

बेल्टारमा हाल राबा बैकसँगै कृषि र सिद्धार्थ बैंकगरी तीन वटा बैंकहरु संचालित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *