बेल्टार बसाहा उद्योग वाणिज्य संघको भवन उद्घाटन

बेल्टार/चैत २७। बेल्टार बसाहा उद्योग वाणिज्य संगको सुविधा सम्पन्न भवन शुक्रमबार उद्घाटन भएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. ६ स्थित २ तले पक्कि भवनको शुक्रबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गरेको हो ।

स्थानीय विष्णुकुमारी श्रेष्ठको आफ्नो १ कट्ठा जग्गा मध्येबाट १० धुर दान दिएको छ भने १० धुर संघले खरिदगरी कूल १ कट्ठामा निर्मित भवनको कूल लागत ५४ लाख ६६ हजार ७३ रुपैया मध्ये ४७ लाख रुपैया नगरपालिकाको अनुदानबाट निर्माण भएको हो ।

संस्था र भवन दुवै अत्यावश्यक र महत्वपूर्ण संस्था भएकोले नगरपालिकाले लगानी गरिरहेको नगर प्रमुख राई बताए ।

नगर प्रमुख राईले भने, ‘तर स्थानीय व्यपारीमा अनुसाशन तन, मन, कर्म र बचनले व्यपारी व्यवसायीहरु बफादार हुनु जरुरी छ ।’

उप प्रमुख रिताकुमारी चौधरीले भवनको जसरी लगानी भएको छ त्यसैगरी सही सदुपयोग हुन समितिलाई आग्रह गरिन् ।

कार्यक्रमा त्रियुगा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रमेश रसाईली, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का,

करदातासेवा कार्यालय गाईघाटका प्रमुख सरोज सिंह त्यसैगरी संस्थापक अध्यक्ष मित्रलाल भट्टराई, समाजसेवी क्या. रामबहादुर राई, कृषि

विकास वैकका शाखा प्रवन्धक लालित विश्वकर्मा, पूर्व अध्यक्ष योगराज कार्की, नेकपा एमालेका नगर अध्यक्ष श्यामकुमार राई, नेका नगर सभापति राजेन्द्र पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

०७१ असार १४ गते स्थापना भएको संघको अवधिसमेत सकिएकोले शनिबारबाट छैटौं अधिवेशनसमेत शुरुहुने भएको छ । नगरपालिकाको एक मात्र केन्द्र बजारको रुपमा स्थापित बेल्टार बजारमा दैनिक उपभोगिय वस्तुहरुको म्याद गुज्रेकोहरु प्रायजसो भेटिने गरिएको छ ।

बजार अनुगमन गरिन्दैन जब नेपाली चाँडपर्वहरु दशै र तिहारको समयमा भने अनुगमन गरे जस्तो गर्ने गरेको उपभोक्ताहरुको गुणासो रहेको छ ।

अनुगमन समितिको संयोजक नगर उप प्रमुख र उद्योग वाणिज्य संघको सदस्यसहित अन्य संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले गर्नु पर्ने तर एक दिन अनुगमन गरेको पाईन्दैन ।

उद्योग वाणिज्य संघ स्थापना भएको ६ वर्ष वितिसक्दासमेत वजार अभैm अव्यवस्थित रहेको छ । कार्यक्रममा जग्गादाताहरु श्रेष्ठ र गोपाल अधिकारीले सो भवन भन्दा अन्यत्र १ कट्ठा जग्गा दान गरेकोले दोसल्ला ओडाएर सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा संघकी उपाध्यक्ष चुना मगरको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रम महासचिव राजकुमार देवको सञ्चालन र पवन कार्कीको अध्यक्षमा समापन भएको छ । संघको नया नेतृत्वको लागि शनिबारदेखि अधिवेशन शुरु हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *