बेल्टारले जीतेर ल्याए त्रियुगाकाे वडाध्यक्ष कप

बेल्टार/माघ ६। त्रियुगा नगरपालिका वडा नं. १२ मा आयोजित वडाध्यक्षकपको उपाधि बेल्टारको युनाइटेड युथ क्लबले विजयी हासिल गरेको छ ।

सोमबार विसनपुरस्थित फुटबल खेल मैदानमा भएको दोस्रो वडाध्यक्षकप प्रतियोगीतामा युनाइटेड युथ क्लबले त्रिनपा–१२ लाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

दिउँसा ३ बजे देखि सुरु भएको प्रतियोगितामा युनाइटेड युथ क्लबका शरद राईले १ गोल र दिप्सन राउतले २ गोल गरेको गोल नै निर्णायक हुन पुगेको हो ।

खेलकुदमा विजयी समूहलाई नगर प्रमुख वलदेव चौधरीले ३० हजार रुपैया र उपविजेता टिमलाई २० हजार नगद पुरस्कार तथा प्रमाण प्रत्रले सम्मान गरेका छन् ।

नगर प्रमुख चौधरीले विसन्पुरलाई नगरकै दोस्रो खेलमैदान बनाउने प्रतिबद्धतासमेत जाहेर गरेका छन् । वडा नं. १२ का वडाध्यक्ष जयविक्रम राईले युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न सदैव तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *