बेल्टारमा व्यपारी पनि संक्रमित, आजै थपिए ३ जना

बेल्टार/बैशाख २१। कोरोना संक्रमण समुदाय स्तरमासमेत फैलिएको आशंका गर्न थालिएको छ ।

नपत्याउदाे तरिकाले बेल्टार बजारमा संक्रमणको संख्या बढ्दो क्रममा रहेको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ बेल्टार बसपार्क स्थित एक किराना व्यपारी र वडा नं. ५ बेलीका श्रीमान श्रीमतिमा कोरोना पुष्टि भएको छ ।

उनीहरुको आज (मंगलबार) एन्टिजेन विधिबाट परिक्षण गर्दा संक्रमण पुष्टि भएको हो । व्यपारी ४५ वर्षीय शिव सापकोटा आफ्नो दोकानपसल भन्दा कही कतै नभएको नगर स्वास्थ्य शाखासंगको कुराकानीमा बताएका छन् ।

चाैधरी थरका ३७ वर्षीय श्रीमानका ३४ वर्षीय श्रीमति भने गाईघाट स्थित एक गैरसरकारी संस्थामा कार्यरत छन् ।

केही दिनअघि काठमाण्डौबाट आएका अन्य कर्मचारीबाट सरको हुन सक्ने नगर स्वास्थ्य शाखाका उप संयोजक पोखरेलले जानकारी दिए । तीनै जना होम आईसोलेशन बस्ने उप संयोजग पोखरेलले जानकारी दिए ।

अहिलो सो आईसोलेशनमा ९ जनाको उपचार भइरहेको छ । चाैदण्डीगढीमा दोस्रो कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या ८ जना पुगेको छ भने निधन हुनेको संख्या १ पुगेको छ ।

त्यस्तै २ नं. वडा माडिबासका अन्दाजी ४० वर्षीय (अटो) चालक रामबहादुर विक र ९ नं. वडा ज्यामिरेका सुनिल दास विद्यार्थीमा सोमबार संक्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *