बेल्टारमा एकै दिनमा २ जनाले गरे आत्महत्या

बेल्टार/बैशाख ४। चौदण्डीगढी नगरपालिकामा एकै दिन २ जनाले आत्महत्या गरेका छन् । वडा नं. ६ बेल्टार वस पार्कछेउ माइत घर भएकी २२ वर्षीया फूलमायाराईले आत्म हत्या गरेका छन् ।

राईले आफ्नै घरको कोठामा शनिबार विहान ११ बजेको समयमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा बहिनीले देखेपछि तत्काल उद्धार गरी उपचारको लागि घोपा क्याम्प धरान लानेक्रममा बाटैमा निधन भएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा नं. ५ सुन्दरपुरका ६३ वर्षीय जीवनाथ ढकालले बेलुका ४ बजेको समयमा झुण्डिएर आत्महत्या गरेका छन् ।

ढकाललेपनि आफ्नै घरको कोठामा गइ झ्यालको डण्डीमा नाइनलको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो भोटेले जाकारी दिए ।

मृतक राईले भने गत फागुनमा इलामका पदम राईसंग विवाह गरेको बुझिएको छ । आत्महतको कारण भने दुवैको नखुलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *