बेल्टारमा अटो चालक र विद्यार्थीमा संक्रमण पुष्टि

बेल्टार/बैशाख २१। चौदण्डीगढीमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ नं. वडा माडिबासका अन्दाजी ४० वर्षीय (अटो) चालक रामबहादुर विक र ९ नं. वडा ज्यामिरेका एक विद्यार्थी  सुनिल दासगरी दुइजनामा संक्रम पुष्टि भएको हो ।

उनीहरु आफैमा संका लागि संक्रमण  चेक गर्नेक्रममा   एन्टिजेन विधिबाट हिजो (सोमबार) परिक्षण गर्दा दुवैकाे रिपोर्ट पोजेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

कोरोना पोजेटिभ भइ अहिले विराटनगरमा उपचाररत माडिवासकै आफ्नो छिमेकीलाई आफ्नै अटोमा बोकेर बेल्टारसम्म पु¥याएका विकलाई पोजेटिभ देखाएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजराज पोखरेलले जानकारी दिए ।

दास काठमाण्डौमा अध्यायनरत विद्यार्थी हुन् घर आएको समयमा लक्षण देखापरेपछि जाँच गर्दा उनलाई पोजेटिभ देखिएको हो ।

उनी सातधारे स्थित आईसोलेशनमा आएकार बसेका छन् । भने विक आफ्नै घरमा आईसोलेशन बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *