बेलका नगर सल्लाहाकारहरुद्वारा संयुक्त राजिनामा

बेलका/माघ २१। बेलका नगरपालिकाका ४ जना सल्लाहाकारहरुले संयुक्त राजिनामा दिएका छन् ।

पालिकाका नगर प्रमुख दुर्गाबहादुर थापाले प्रतिगमन सरकारलाई सहयोग पुग्नेगरीसाथै र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी विधान हित

विपरीत गतिविधि गरेको भन्दै जिल्ला समिति सदस्यहरु मनोज तामाङ, रमन भट्टराई, उदयप्रशाद अधिकारी र गंगासरी राईले बुधवार सामूहिक रुपमा एक विज्ञप्ति जारी गरी राजिनामा दिएका हुन् ।

प्रतिगमन सरकारलाई मलजल हुनेगरी कुनै पनि गतिविधिमा संलग्न नहुनसमेत आम पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुमा विज्ञक्ष्तिमा मार्पmत उनीहरुले अपिल समेत गरेका छन् ।

त्यसैगरी ४ नं. वडाकाे लालबजार स्थित प्रतिगमन सरकार विरूद्द नेपाल–दाहाल समूहका स्थानीय नेता तथा कार्यकर्ताले मसाल जुलुससहित प्रदर्शन गरेकाे हाम्रा सम्वाददाता ललित राइले जानकारी दिएकाे छ ।

सम्वाददाता राइका अनुसार मसाल जुलुसमा प्रहरीले प्रदर्शनकारीकाे मसाल खाेस्ने प्रयाससमेत  गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *