बेलका नगर सभापति पदका लागि को–को आकांक्षीत

बेलका/साउन ९। आजभोली बेल्टार बजारकाे  जताततै चिया पसलदेखि चोकचोकसम्म नेपाली कांग्रेसको १४ औ महाधिवेशनको चर्चा परिचर्चा भइरहेको सुन्न पाईन्छ ।

केन्द्रीय तहको भन्दा बढीजसो स्थानीयदेखि क्षत्रीय सभापतिकाे पदमा पुरानादेखि नयाँसम्मका स्थानीय नेताहरूकाे नामहरू  चर्चामा छन् ।

कतिपय नेताहरु अझैसम्म खुल्न चाहेका छैनन् । त्यसो त पार्टी एउटै भएपनि गुट उपगुटका कारण दुई धारसम्म देखा परेको एक नेताले बताएका छन् ।

आसन्न महाधिवेशनकाे चर्चाबाट बेलका नगरपालिका पनि अछुताे रहने कुरै भएन । त्यहाँ पनि  सभापति पदका लागि  जय सुवेदीकाे उम्मेद्दारीले चर्चा पाएकाे छ ।

पार्टी चलायमान नभएको असन्तुष्ट पोख्दै यस पटकको महाधिवेशनमा अफू पनि आकांक्षीत भएकाे बताए ।

चौदण्डीगढी नगरपालिका ६ नं. वडा बेल्टार स्थित एक होटलमा आज (शनिबार) गढीखबरसँग संक्षिप्त कुराकानी गर्दै उम्मेद्वारीका लागि आकांक्षीत रहेको खुलासा गरेका हुन् ।

तपाईको उम्मेद्वारी केका लागि, किन ? भन्ने हाम्रो जिज्ञासामा उनले भने, ‘समग्र बेलका नगरवासीको हितका लागि र आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा सफलता प्राप्त गर्नका लागि पनि मेरो उम्मेद्वारी अपहार्य छ, यसैका लागि पनि मेरो उम्मेद्वारी पक्का हो ।’

बेलकामा पार्टी भित्रको आन्तरिक विवाद, मतभेद सामान्य रहेको उनको बुझाई छ । ती मतभेदहरुलाई छलफलको माध्यामबाटै अन्त्य हुनेमा सुवेदी विश्वस्त छन् । त्यस्तै अर्का आकाक्षीत उम्मेद्वार हुन् अशोक कार्की ।

उनी पनि पुरानै नेताका रुपमा परिचित छन् । नेता कार्की विभिन्न कालखण्डका महाधिवेशनदेखि निरन्तर १२÷१३ औ महाधिवेशन प्रतिनिधि हुँदै ०७४ को स्थानीय निर्वाचनमासमेत मेयर पदका उम्मेद्वारी बनिसकेका व्यक्तित्व हुन् ।

तर पार्टी भित्रकै आन्तरिक किचलो र द्वण्दका कारण उनी मेयर पदमा भने सफल हुन नसकेको स्थानीयवासीले आंकलन गरेका छन् ।

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुन स्वाभाविक ठान्ने कार्की संघीय संसद तथा पार्टीका केन्द्रीय सदस्य डा. नारायण खड्का निकट मानिन्छ ।

उम्मेद्वारीको सन्दर्भमा तपाईको विचार के छ ? भन्ने हाम्रो सवालमा उनले भने, ‘अब महाधिवेशनको समय हो, संगठन र नेतृत्वपंतीले मेरो उम्मेद्वारीलाई आवश्यक्ता ठाने सबैको छलफलबाट आउने निष्कर्षलाई स्विकार्ने पक्षमा छु ।’

महाधिवेशनले गर्दा कसैको मनमा तित्तताको महसुश नहोस् ता की आगामी आम निर्वाचनहरुमा उम्मेद्वारहरुलाई सफता मिलिस भन्ने पक्षमा रहेको नेता कार्कीको भनाई छ ।

त्यस्तै नगरसभापति सुशिल सेढाईले भने यस पटकको महाधिवेशनमा कुनै पदमा उम्मेद्वारी नदिने बताएका छन् ।

एउटा पदका लागि लुछाचुडी गर्ने र जम्मा एउटै  पदको निम्ति ४/५ जनाको लडाई हुने भएकोले यस पटक कुनै पदमा उम्मेद्वारी नदिने बताए ।

जहाँ विवादित विषय छ, सो विषयमा स्थानीय स्तरका नेताहरु एकै ठाउँमा बसेर छलफल गरी निष्कर्ष निकाल्न सकिन्दैन ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘अब पार्टी केन्द्रमै दुई धारका छन्, यहाँ पनि स्वभावैले त्यही धार कायम हुनेछ, र अशोक जीलाई स्थानीय निर्वाचनमा उम्मेद्वार बनाएर काँधमा बोकेर हिडेकै हो, तर अन्तमा निर्वाचन हारियो, गालीमात्र खाइयो, फेरी आउने चुनावमा उनै हुन् मेयरका उम्मेद्वार ।

त्यसैले पटकपटक उनलाई बोकेर हिड्नु सकिन्दैन । यस पटक पनि शेरबहादुर प्रधानमन्त्री भएका छन्, अशोक जीकै दायाँ बायाँ चल्ने हो, त्यसैले अब हाम्रो काम छैन भन्ने लागेर हलो जोतेर बस्ने विचार लिएको छु ।’ उनकाे बढी नेता कार्कीप्रति कटाक्ष थियाे ।

अर्का स्थानीय नेता लवराज अधिकारी भने स्थानीय तहका नेताहरुलाई मिलाएर लान सके महाधिवेशनलाई सफल भएको सन्देश दिन सकिन्थ्यो की भन्ने विचारमा छन् ।

यता १ नं. क्षत्रको तर्फबाट वडा नं. ९ का अर्जुन दाहाल र १० नं. का वडाध्यक्ष रामकुमार खड्का दुई जनाले क्षत्रीय र नगर सभापति पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *