बेलका नगरपालिका समुदायमै कोरोना संक्रमण पुष्टि

गढीखबर,
बेल्टार/साउन ६। बेलका नगरपालिकामा समुदायमै कारोना संक्रमण पुष्टि भएको छ । गत ३ गते गरेको स्वाप संकलनको सोमबार आएको रिपोर्टमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । सो मध्ये ४ जना समुदाय स्तरका मानिस रहेको बुझिएको छ । यसरी संक्रमित हुनेमा २ वर्षिय नाबालिका देखि ७० वर्ष सम्मका रहेका छन् ।

जिल्लाभर अहिलेसम्म संक्रमित हुनेको संख्या ८५ पुगेको छ । यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायमा पनि देखिन थालेको छ । संक्रमित हुनेहरुमा बेलका नगरपालिका १ का १८ वर्षिय पुरुष, वडा नं. ३ का ३० वर्षिय पुरुष, ४ नं. वडाका २८ वर्षिय पुरुष र ५ नं. वडाका ४० वर्षिय पुरुष रहेका छन् ।

उनीहरु वैदेशिक रोजगारबाट भर्खरै फर्केकाहरु हुन् । यस्तै ९ नंं.वडाका २ वर्षिय बालिका, उनका आमा २७ वर्षिय, बुवा ४० वर्षिय र सोही घरमा काम गर्ने ७० वर्षिय वृद्धामा पनि कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिएको छ ।

बालिकाको ७० वर्षिय हजुरबुवामा कोरोना देखिएपछि अन्यलाई चेक जाँच गराउँदा कोरोना पोजिटिभ आएको बेलका नगरपालिकाका स्वास्थ्य प्रमुख कमल चौधरीले बताए । उनका अनुसार गत विहिबार ७० वर्षिय वृद्ध सामान्य रुघाखोकी लागेपछि चेक जाँच गराउन विराटनगर जाँदा सबै रिपोर्ट ठिक आएपनि कोरोना चेजजाँच गराएर घर आएका थिए ।

३ दिनपछि रिपोर्ट लिन जाँदा उनमा कोरोना देखिएपछि सिधै विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोडिभ अस्पतालमा पठाएर उपचाररत रहेको स्वास्थ्य प्रमुख चौधरीले जानकारी दिए । उपचारको लागि विराटनगर लैजाने मोटर साइकल चालक र उनका श्रीमति बाहेक छोरा, बुहारी, नातिनी र काम गर्नेमा संक्रमण देखिएको छ । विराटनगरमा उपचारमा गएको वृद्धलाई गणना गर्ने हो भने जिल्लामा संक्रमितको संख्या ८६ पुगेको छ ।

संक्रमित ७० वर्षिय वृद्धको परिवार रामपुर बजारका करिव १ सय ५० मिटर आसपासका बासिन्दा हुन् । प्रायः उनीहरुको परिवार रामपुर बजार आसपास अन्य व्यक्तिहरुसँग पनि घुलमिल गरेकोले अन्य व्यक्तिमा पनि कोरोना सरेको आशंका गरिएकोले अहिले बेलका नगरपालिकाले केही क्षेत्रमा सूचना जारी गरेर पसल, व्यवसाय र आवतजावत आवगमनमा निषेध गरिएको प्रवक्ता मोहन घिमिरेले जानकारी दिए ।

आजैदेखि लागूहुनेगरी अर्को सूचना प्रकाशन नभईन्जेल सम्मका लागि रामपुरबजार, कमलबारी देखि पश्चिम र मूर्तिखोला पूर्व, त्रिवेणी चोकदेखि उत्तर र शुसिल सेढाईको घर देखिदक्षिणसम्म घरबाट बाहिर ननिस्किन र सुरक्षाको उपाय अवलम्बन गर्न मेयर दुर्गा कुमार थापाले सूचना जारी गरेको छ । त्यसो त चौदण्डीगढीको कोभिड अस्पतालमा उपचार गराएर हिजो (सोमबार) मात्र वडाध्यक्ष सहित ५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *