बेलकामा स्थानीयको आन्दोलन जारी

बेलका/असार १७। उदयपुरको बेलका नगरपालिकामा बुधबारदेखि स्थानीयले गरेको आन्दोलन विहिबार पनि जारी राखेका छन् ।

पीडितलाई न्याय दे, कवुलीयत वन चाहिन्दैन, हाम्रो माग पुरा गर, हाम्रो आन्दोलन जारी छ भन्दै विहिबार पनि आन्दोलनकारी बेलकाको मुख्य बजार र पालिका परिसरमा नारावाजी गर्दै बजारको मुख्य चोकमा कोणसभा गर्दै आन्दोलनलाई जारी राखेका हुन् ।

पालिकाको २, ३, ८ र ९ गरी ४ वटा वडाको गाउँवस्तिलाई उठिबास लगाउने उदेश्यले कबुलीयती वनको लागि संघीय सरकारलाई नगरपालिकाले सिफारिस गरेको भन्दै त्यसलाई रोक्न उक्त वडाका स्थानीयले बुधबारदेखि आन्दोलन शुरु गरेका हुन् ।

अान्दाेलनकारीबाट क्षति पु¥याइएकाे नगर सभाहल

तर स्थानीय आन्दोलनकारीले लगाएको आरोप जस्तो नभएको मेयर दुर्गाकुमार थापाले पत्रकारहरुलाई प्रतिक्रिया दिएका छन् ।

बुधबारको घटना सुनियोजित ढंगले गरिएको भन्दै विहिबार मेयर थापाले एक विज्ञप्तिसमेत जारी गरेका छन् ।

आन्दोलनलाई हल गर्न ९ नं. वडासदस्य रञ्जित राईलाई वार्ताको लागि प्रतिनिधि पठाउन भनी आन्दोलनकारीबीच पठाएको व्यक्तिलाई कुटपिट गरिएको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

शाखा अधिकृतकाे गाडीकाेमा पनि ताेडफाेड

कवुलीयती वनको लागि कुनै पक्षसँग पालिकाले सहमति नगरेको मेयर थापाको भनाई छ । उनले भने, ‘५० औ वर्षदेख वस्दै आएको १९ घर परिवारलाई हटाउने उठिवास गराउने हाम्रो

उदेश्य होइन, ०७८ जेठ ६ मा दुईवटा कम्पनीहरु सेव वे टेक्नोलोजी ललितपुरलाई १ सय २५ हेक्टर र वराहा हर्वल एण्ड एग्रो प्रालिलाई ५१/२३ हेक्टर जमिन ३० वर्षको लागि लिजमा दिने नेपाल सरकारको निर्णयको विरुद्धमा हामी निरन्तर छौं ।’

आन्दोलन राजनीतिक उक्साहटबाट भएको उनको आरोप छ । उता आन्दोलनरत मध्येका संघर्ष समितिका अध्यक्ष नविन राईले नगरपालिकाका मेयर थापाले युगौदेखिको वस्तिलाई विस्थापित गर्न खोजेको आरोप लगाए ।

संघर्ष समितिका अध्यक्ष राईले भने, ‘८ देखि ९ हजार स्थानीय नागरिकलाई सोझासिधा देखेर यिनीहरुलाई जे गर्दापनि हुन्छ भन्ने उदेश्य रहेकोले त्यसैको फलस्वरुप वाध्यतावस आन्दोलनमा उत्रिनु परेको बताए ।

हाम्रो मागलाई सहर्स स्वीकार गरे मेयरलाई पूmलमालाले स्वागत गर्दै पुरै बस्तिदेखि बोकेर उहाँको कार्यकक्षसम्म पु¥याउने छौं उनले भने ।

स्थानीयको आन्दोलनलाई नैतिक सर्मथनगरी विज्ञप्तिमार्पmत सहमति जनाएका ५ दलीय गठबन्धनमध्येका नेपाली कांग्रेसका नगरसभापति सुसिल सेढाईले स्थानीय सरोकारवाला कोहीकसैलाई थाहै नदिइ गरिएको वस्ति हटाउने नगरपालिकाको निर्णयको विरुद्धको आक्रोश भएको बताए ।

माथिमाथि षड््यन्त्रगरी मिलाइएको नगरपालिकाको मेयरको कर्तुत स्थानीयले थाहा पाएपछि आन्दोलन शुरु भएको छ, यो आन्दोलनको हाम्रो गठबन्धनले पनि समर्थन गरेका छौं उनले भने ।

नारिकलाई सेवा सुविधा दिनु पर्नेमा उल्टै वस्तिलाई उजाड बनाउने पालिकाको निर्णयको विरोधमा स्थनीयवासी सडकमा उत्रेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङले बताएका छन् ।

आन्दोलनरत स्थानीयको मागलाई सौहार्दपूर्ण वातावणमा स्किारियोस र आन्दोलनको समाधान पनि वार्ताबाटै हुने भएकोले नागरिकप्रति जिम्मेवार रही चाडै सर्वपक्षिय भेला राख्न आग्रह गरेका छन् ।

गठबन्धन मध्येकै जनता समाजवादी पार्टीका नगर अध्यक्ष सुरेन्द्र राईले नागरिकको सही मागलाई सम्वोधन गर्न बाहेक अन्य विकल्प नभएको बताए ।

मानो खाएर मुरी उब्जाउने समयमा पानीमा भिज्दै आन्दोलन गर्ने पीडितको रहर होइन यो विषयमा सम्वन्धित स्थानीय सरकारले गम्भिररुपमा लिएर आन्दोलनलाई साम्य पार्न आग्रह गरे ।

स्थानीयको आन्दोलनलाई समर्थन जनाउँदै बुधबार बेलकामा क्रियाशिल ५ राजनीतिक दलका प्रमुखहरुले हस्ताक्षरगरी स्थानीयको आन्दोलनलाई नैतिक समर्थन जनाएका थिए ।

आन्दोलनकारीले पालिकाको सभाहलका मुख्य ढोका, झ्याँल, झ्यालका सिसा र मेयरको कार्यकक्षको झ्यालका सिसाहरुमासमेत तोडफोड भएको छ भने शाखा अधिकृत चेतनाथ गौतमको निजी सवारी प्रदेश ३–०१ ०२२ च ९३४८ नं. को अगाडी–पछाडीको सिसा फुटाइएको छ ।  उक्त क्षतिको सबै बिवरण भने आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *