बेलकामा वडाध्यक्ष कप सम्पन्न

बेलका/फागुन २। बेलका नगरपालिका वडा न २ भागलपुर स्थित वडाध्यक्ष कप फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

लालिगुरास नव यूवा क्लबको आयोजना तथा २ नं. वडाको आर्थिक सहयोगमा वडा अध्यक्ष कप प्रतियोगिता आईतबार सम्पन्न भएको हो ।

वडाध्यक्ष मिश्रीलाल चौधरीको प्रमुख आतिथ्यमा भएको प्रतियोगीतामा पारुहाङ चोक निलोलाई ट्राइवेकरमा हराउँदै आयोजक भागलपुर रातोले विजयी हासिल गरेको छ ।

प्रथम विजयी उप विजेताले क्रमश नगद २०÷१० हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको छ । गत २२ गतेदेखि शुरु भएको प्रतियोगितामा १० वटा स्थानीय समूहले सहभागिता जनाएको थियो ।

समापन कार्यक्रममा खेलकुद बिकास नगर स्तरीय समितिकी अध्यक्ष सीता राई, वडा स्तरीय २ नं.वडाका खेलकुद बिकास समितिका अध्यक्ष

कमल राई लालिगुँरास नव यूवा क्लवका सस्थापक सदस्य बालजीत राई, वडा सदस्य बिमला राई, कुमारप्रसाद अधिकारी, खड्गनारायण श्रेष्ठ,

समाजसेवी हरिनारायण चौधरी, ध्रुब कोइराला, बालबिद्या बोर्डिङ स्कूलका प्रधानाध्यापक ध्रुबराज तामाङ्ग लगायत अन्य खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *