बेलकामा एलेदोङ भव्यरुपमा मनाउँने तयारी
ललित राई
रामपुर/पुस २७। ‘इतिहास–भूगोल र सांस्कृति सभ्यताको सम्मान, १ नं. प्रदेश, किरात प्रदेश, समग्र प्रदेशवासीको आह्वान’ भन्ने मूल
नाराकासाथ यसपटकको किरात राई समूदायको नयाँ वर्ष किरात सम्वत (यलेदोङ) भव्यरूपमा मनाइने भएकाे छ । प्रत्येक वर्षकाे माघ १ गते मनाउँदै आइएकाे किरात सम्वत ५०८१ लाइ बेलका नगरपालिकाको रामपुरमा भव्यरुपमा मनाउँन लागिएकाे हाे ।
विश्वभरको कोरोना महामारीकाबीच पनि यस पटक भने जनचेताका लागि भएपनि भव्यरुपमा मनाउन लागेको आयोजकले जनाएको छ।
किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष राकेश किरातीको प्रमुख आतिथ्यमा मनाउन लागिएको कार्यक्रममा किरात राई समुदायका विभिन्न क्षत्रका वौद्धिक व्यक्तित्वहरुको बीचमा मनाउन लागिएको किराया बेलका नगर समितिका अध्यक्ष तथा युवा समाजसेवी सुरेन्द्र राईले बताए ।
उक्त कार्यक्रममा स्थानीय तहका नगरप्रमुख उप प्रमुख लगायत वरिष्ठ गायक तथा सांस्कृतिककर्मी जीतेन राई, गायत विनोद खम्वू, गायिका
सरला राई, गायक दिपेन्द्र राई लगायत स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने अध्यक्ष राईले बताए । आयोजकको नाताले
कार्यक्रमको लागि प्रचारप्रशार र व्यवस्थापनमा घनिभूतरुपमा लागि रहेको पनि अध्यक्ष तथा समाजसेवी राईले बताए । चौदण्डीगढी
नगरपालिकाको बेल्टारमा मनाउँदै आएको नयाँ वर्ष कोरोनाका कारण सामान्य पुजापाठ मात्र गरिने किराया चौदण्डीगढी नगर समितिकी अध्यक्ष अञ्जना राईले बताईन् ।