बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको योगदानः एक चर्चा

गाेपाल किराती,

मानिसको श्वास प्रवास प्रणाली लौकिक या अलौकिक, भौतिक या अभौतिक अथवा पदार्थ या चेतनामध्ये के हो? एक मार्क्सवादीको विचारमा श्वास प्रणाली वस्तुतः लौकिक एवं भौतिक–पदार्थगत वायु हो, जसको अभावमा मानिस वा प्राणीमध्ये कसैको पनि प्राण सम्भव हुँदैन । एक स्वासमा प्राणीको जीवन निर्भर गर्छ । अतः भन्न सकिन्छ, बुद्व दर्शनको विपश्यना वस्तुतः विज्ञान हो । जसको आविष्कार आज भन्दा २,६०० बर्ष अघि, लगातार ६ बर्षको कष्टसाध्य साधनाबाट शिद्वार्थ गौतम “बुद्व“ ले गरेका थिए । सम्राट अशोकको पालामा विपश्याले ब्यापकता हासिल गरेको थियो। परन्तु, हिन्दुतन्त्रको प्रहारमा दक्षिण एसियामा यो लुप्तपायः हुन पुग्यो । अन्ततः २० औं शताब्दीमा, बर्मास्थित जन्मेका श्री सत्यनारायण गोयन्काको पहलमा विपश्यनाले पुनर्जागरण हासिल गरेको छ र यसले क्रमशः अन्तर्राष्ट्रीय चरित्र ग्रहण गर्दैछ ।

विपश्यनाको आधारभूत शिविर १० दिनको हुने गर्छ। यो एक विशिष्ट ध्यान–साधना हो, जसलाई शिविर भन्ने गरिन्छ । समग्रमा यसलाई “विपश्यना“ भनिन्छ, यध्यपि विपश्यना रणनीति हो भने यसका विभिन्न कार्यनीतिहरु छन् । रणनीतिको सेवामा केन्द्रीत ती कार्यनीतिहरुमा सर्वप्रथम पञ्चशील आउँछ। पञ्चशील ग्रहणमा साधकले म चोरी गर्दिन, म झुटो कुरा बोल्दिन, म यौन ब्यभिचार गर्दिन, म लागू पदार्थ खाँदिन र म अन्यायपूर्ण हिंसा गर्दिन, भनी सपथ लिनु पर्दछ । शीलपछि समाधि उँदै प्रज्ञामा पुग्ने लक्ष हुन्छ ।

विषयको सारतत्वमा यहाँ शील ग्रहणपछि लगातार साँढे ३ दिन “आनापान“ गराइन्छ । यो भनेको आँखा र मुख बन्दगरी नाकबाट आफ्नो “श्वास बाहिर जाँदैछ, श्वास भित्र आउदैछ“ भनी गणना गर्नु हो । अथवा श्वास गणना कार्यबाट माथिल्लो ओंठमाथि र नाकमुनी स्वासलाई केन्द्रीत गर्नु हो । आनापानद्वारा जब श्वास गणनामा मन केन्द्रीत हुन्छ, साँढे ३ दिनपछि मनलाई तालुमा लैजाने र शरिरको सम्पूर्ण स्थानमा मनले विशेष निरीक्षण गर्ने निर्दश हुन्छ। हो, खास रुपमा साँढे ३ दिनपाछिको यो प्रकृयालाई नै “विपश्यना“ भनिन्छ ।

अतः विपश्यना वस्तुतः मानिसको मन ब्यवस्थापन गर्ने विज्ञान हो । अर्को शब्दमा तनाव ब्यवस्थापन गर्ने विज्ञान हो ।

उपरोक्त आधारमा यहाँ वैदिक दर्शन र बुद्व दर्शको सम्बन्धवारे चर्चा गरिन्छ ।

१. सर्वप्रथम स्पष्ट हुनु पर्दछ कि वैदिक दर्शनको निषेधबाट बुद्व दर्शनको स्थापना भएको हो ।

भौतिकवादी लेखकको हैसियतमा राहुल सांकृत्यानका रचनाहरु विश्वसनीय लाग्दछन । राहुलकृत “भोल्गा से गंगा तक“ पुस्तक अनुसार विगत ३ हजार बर्ष अघि आर्यगण गंगा मैदानमा आइपुगेका हुन । आज पञ्जाब भनिने उत्तरापथमा आइपुगेपछि ड्रविडहरुको दास ब्यवस्था कब्जा गर्द आर्यगणका विश्वामित्रा तथा वशिष्ठले वेदको रचना गरे ।

स्मरण रहोस कि “वेद“ शब्दको निर्माण “वेदना“ अथवा “समवेदना“बाट भएको हो ।

उपरोक्त आधारमा वेद रचनाको ४ सय बर्ष पछि तथा आज भन्दा २,६०० बर्ष अघि बुद्व दर्शनको स्थपना भएको हो। अतः विषयको सारतत्व, भूगोल र समाज तथा समयक्रमको दृष्टिले पनि बुद्व दर्शनको निर्माणमा वैदिक दर्शनको अहं योगदान स्पष्ट हुन्छ। त्यो योगदान भनेको वैदिक दर्शनको जीवन र जगत सम्बन्धी वेदनाको दृष्टिकोणलाई बुद्वले बोधको दृष्टिकोणमा विकसित गरे। यो विकास प्रकृया वैदिक दर्शनको निषेध तथा बुद्व दर्शनको स्थापना थियो ।

“वैदिक दर्शनको निषेध“ भन्ने सुनेर भारतीय हिन्दु साम्राज्यवादका लम्पटहरुमा तनाव बढ्न सक्छ, जो विपश्यना विज्ञानको सेवाबाट अध्यावधि बञ्चित छन र आधुनिक विज्ञानको मर्म बुझ्ने कष्ट गर्दैनन् । परन्तु, मार्क्सवादमा निषेधको सकारात्मक अर्थ “गुणात्मक विकास“ हो। जसरी हेगेल र फायरबाखको दर्शनको निषेध अथवा विकासबाट मार्क्सवादको स्थापना गरियो । अतः वैदिक दर्शनको निषेधको प्रसंग “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड“ भएमा अन्यथा मानिरहनु पर्दैन ।

किनकि, यहाँ आध्यात्मिक धर्मको नभएर वस्तुतः विज्ञानको विश्लेषण गरिंदैछ ।

२. राहुलकै “जीवन यात्रा“ संग्रहबाट जान्न सकिन्छ कि जीवन र जगतलाई बुझ्ने वैदिक दर्शनलाइ एक वाक्यमा “सद्चिदानन्द“ भनियो, जसको व्याख्या “सदा, चिदा, आनन्द“ हो। ( यहाँ चिदाको अर्थ “चेतना“ ले भन्ने हो।) तर, बुद्वले सद्चिदानन्दको खण्डन गर्दै जीवन र जगतवारे भनेका छन् “असदा, अचिदा, अआनन्द”। हो त के भने– “दुःख” ।

३. विश्वमा सर्वप्रथम उध्योग धन्दाको प्रारम्भ यूरोपमा भयो। औध्योगिकरणले अनिवार्य रुपमा विज्ञानको माग गर्यो । परिणाम, मार्क्सवाद समेत विज्ञान तथा विज्ञानका आधारमा अनेक प्रविधिको विकास पनि यूरोपमै हुन पुग्यो । संगसंगै, साम्राज्यवादमा पतीत यूरोपेली शासकहरु जातीय र क्षेत्रीय अहंकारवादका घृणित अगुवा पनि बन्न पुगे ।

परिणाम, आफुलाई “कन्सस् माइण्डेट“ र अरुलाई “अन्कसस् माइण्डेट“ परिभाषित गर्न पुगे। अहंकारवादको विशेषता अनुसार नै त्यो तथाकथित कन्सस् माइण्डेटको पगरी कमशः यूरोपबाट आज संयुक्त राज्य अमेरिका सरेको छ, जसले यूरोपेलीलाई पनि स्वतः अन्कससमा खसाल्दैछ । अमेरिकी शासकहरुमा अहंकारवादको घोडा दौड यति चर्केको छ कि कन्सस् माइण्डेट भन्दा यूरोपेलीले पनि दाबी जनाउने हुँदा आफुलाई “सुपर माइण्डेट“ कहलाउन थालेका छन, जसबाट अमेरिकीहरुले आफुलाई यूरोपेली भन्दा पृथक देखाउन सकुन् ।

हो, पशिमाहरुको प्रकृति र मानव समाज विरोधी तथाकथित कन्सस् माइण्डलाई ठेगानमा राख्न एसियालीले विपश्यना विज्ञानलाई विश्व व्यापक तुल्याउनु परेको छ, जसको आविष्कार २,६०० बर्ष अघि नेपालको लुम्बिनीमा जन्मेका बुद्वले गरेका थिए ।

निश्कर्षमा, पश्चिमा र पूर्वेलीवीच सभ्यताको वहसमा सन्तुलन कायम गर्ने ऐतिहासिक सवाल यो हुन आउँछ कि ीष्नजत या ब्कष्थब भनेको को हो र के हो? विपश्यना विज्ञानका प्रणेता बुद्वलाई कुल्चेर कसैले आफुलाई कन्सद् माइण्ड र सुपर मसिण्डको धक्कु लगाउन मिल्छ ? अवश्य मिल्दैन ।

तर, यो पनि त्यत्तिकै सत्य हो कि पुर्वेलीले पनि विपश्यना विज्ञानको महत्व बोध गर्न सक्नु पर्यो ।

-गोपाल किराँती
मे २०२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *