बहु प्रतिक्षित निर्माणाधीन त्रियुगा पुलबीचमै भास्सियाे

बेल्टार/असार १८। १२ औ वर्षदेखि निर्माणको अन्तिम चरणमा पुगे त्रियुगा नदिको पुल भास्सिएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. ५ बेल्ही– सिवाई जोड्ने पुल नदिमा आएको बाढीका कारण शनिबार दिउँसो ३ः ४० बजेको समयमा भास्सिएको हो ।

पुलबाटै सिवाईतर्पm जाने गर्ने क्रममा स्थानीय ४८ वर्षीय अख्तर मियाँ घाइतेसमेत भएका छन् ।

उनको अनुहार र खुट्टाहरुमा चोट लागेको छ । उनलाई पुलबाट लडेर खोलामा पुगेको बेला अन्य गाउँलेले तानेर उद्धार गरेका हुन् ।

सिवाइ र बेल्ही जोड्दै मुख्य सडक खण्डमा रहेका बेल्टार सप्तरी बजारको पहुँच मार्गका लागि सो पुल त्रियुगा खोलामा निर्माण हुँदै आएको थियो ।

पुल निर्माण शुरु भएको १२ वर्ष बितिसकेको छ भने यो वर्ष तयार भइसक्नु पर्ने थियो । तर पुलका सिवाईतर्फका दुई स्पानहरु धसिएपछि अब आवतजावत गर्न कठिन भएको छ ।

सो पुलमा २५/२५ मीटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मीटर र ५ मीटर चौडाइ रहेको छ ।

घाइत मियाँ

पुलको निर्माण महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलँकी काठमाडौंले गरेको हो भने डिजाइन र माटोको परिक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौंले गरेको बताइएको छ ।

सुरुवात अवस्थामा सकारेको लागत रकम ९ करोड ७६ लाख थियो भने निर्माण गर्न ढिलाइ गर्दै गएपछि भिओ (पुनर्मूल्याकंन) गरेर ११ करोडमा पुर्याइएको छ ।

त्रियुगा खोलाको सामान्य बाढीले धसिएको यो पुल यो वर्षातमा पुरै ढल्न सक्ने खतरा बढेको छ । यो पुल नबन्दा चौदन्डीगढी नगरपालिकावासीहरु त्रियुगा खोलामा डुंगा चलाएर आवतजावत गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *