बसाहामा मैत्रीपूर्ण भेन्ट्रान्स फुटबल सम्पन्न

महेन्द्र राई,
बसाहा/असोज २६। नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा बसाहामा मैत्रीपूर्ण भेन्ट्रान्स फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

चौदण्डीगढी नरपालिका वडा नं. ४ बसाहाका युवा समाजसेवीद्धय वीनय राई र युवा राजनीतिकर्मी नवीन सुप्तिहाङ राईको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता बसाहाबाट काठमाण्डौ गइ विभिन्न पेशामा आवद्ध भएर काठमाण्डौको प्रतिनिधित्व गर्ने टिम र बसाहाकै स्थानीयबीच मैत्रीपूर्ण खेल भएको थियो ।

आज फुलपातीको दिन दिउँसो राजानागी स्थित खेल मैदानमा भएको खेलमा टाइब्रेकरबाट काठमाण्डौले बसाहालाई हराउँदै काठमाण्डौको समूहले विजयी हासिल गरेको थियो ।

निर्धारित समयमा दुवै टिमबाट २/२ गोलको बराबरीमा खेल सकिएपछि खेल टाइब्रेकरमा परिणत भएको थियो ।

जीतसँगै काठमाण्डौले १० हजार नगद पुरस्कारसमेत प्राप्त गरेको छ । प्रतियोगिताको अन्तमा नेपाल तरुण दल जिल्ला उपसभापति पर्वत दाहालको उपस्थितीमा दसैंको शुभकामना आदनप्रदान कार्यक्रमको पनि सञ्चालन गरिएको थियो ।

त्यस्तै केही हप्तादेखि बेल्टारमा शुरु भएको खशी कप फुटबल प्रतियोगितामा लाङघाली लाफा चोक विजयी भएको छ ।

बेल्टार स्थित सहीद रामप्रशाद राई रंगशालामा आजै भएको चोक स्तरीय प्रतियोगितामा उक्त चोक विजयी भएको हो । खेलमा कल्याण चोक उप विजेता भएको हाम्रो संवाददाताले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *