बसन्त नेम्बाङले राष्ट्रिय गौरवका आयोजनाका काम दु्रत गतिमा अगाडि बढेको दाबी गरे
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले मुलुकमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका काम दु्रत गतिमा अगाडि बढेको दाबी गरेका छन् । आफुले जिम्मेबारी सम्हालेको एक सय दिन पुगेको अबसरमा आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तर दक्षिण राजमार्गका साथै विभिन्न करिडोरको काम तिब्र गतिमा अघि बढेको बताएका हुन । मन्त्री नेम्बाङले उपत्यकाका सडकको धुलो हटाउने र खाल्डाखुल्डी रहित बनाउने योजनामा मन्त्रालयले उल्लेखनीय सफलता हासिल गरेको पनि दावी गरे ।