बल्ब झुण्डाएको १० महिना वित्यो बत्ति बलेन

बेल्टार/बैशाख ४। ०७४ साल असार १४ गते सम्पन्न स्थानीय निर्वाचनबाट चुनिएका हाम्रा जनप्रतिनिधिहरु नागरिकको काममा यति चासोपूर्वक ध्यान दिएर सेवासुविधा दिएको पाइन्दैन ।

त्यसैको ज्वलन्त उदाहरण बन्न पुगेको छ चौदण्डीगढी नगरपालिकाको २ नं. वडा । चालु आर्थिक वर्षमा विनियोजित बजेट २ लाख रुपैयाबााट वडाको माडिवास क्षत्रमा १९ वटा अन्य टाेलमा  आवश्यक्ता अनुसार ४३ वटागरी कूल ६२ वटा सडक वत्ति जडान गरियो ।

तर, १० महिना वितिसक्दासम्म पनि बत्ति बलेको छैन । यो भन्दा गैर जिम्मेवार के हुन सक्छ ? गत वर्षको असार १५ गतेदेखि काम विद्युतकै कर्मचारीले कोटेशनमार्फत  शुरु गरेको थियो ।

सम्झौता अनुसार तार र बल्ब जोडियो अन्ततः पैसा बजेट नभएपछि काम रोकिएको विद्युत कर्मचारी तथा कामको जिम्मा लिने ठेकेदार बालकृष्ण कार्कीले बताए ।

उनले भने, ‘असार अन्तिममा प¥यो बजेट निकासा नभएपछि काम छोडिएको हो, तर बजेट आउन वित्तिकै बत्ति बलिहाल्छ ।’ तर स्थानीयहरुले रातको समयमा बेल्टार बजार आउजाउ गर्न सजिलो हुने भयो भनेर दंग थिए, तर अभैm बत्ति बलेन ।

स्थानीय माडिबासका शेरबहादुर राईले भने, ‘यो जनप्रतिनिधिहरुको लापारबाही हो, हामीलाई हेपेर वर्षौ वित्न लाग्यो तर बत्ति बलेन, नागरिकको सुविधाको लागि राज्यले दिएको सुविधा जनप्रतिनिधिले वास्ता गरेनन् ।’

उता झोडापाटाका थिरबहादुर थापाले पनि भने, ‘म ५/६ महिना भयो घर आएको बत्ति त झुण्ड्याएका छन बलेको एक दिन देखिन के कारणले हो ? जनप्रतिनिधिहरुनै जानुन् हामीलाई कस्ले सेवा सुविधा दिन्छन् र पाएको पनि काम लाग्दैन ।’ यही विषयमा वडासदस्य प्रलाद कटवालले विद्युतलाई जिम्मा दिएको हो बल्नु पर्ने तर बलेको छैन विस्तारै बल्छ उनले भने ।

वडा सचिव राममोहन बस्नेतले भने, ‘काम राम्रोसंगले नभएको कारणले भुक्तानी दिन सकिएन त्यसैले रोकिएको हो ।’ वडाध्यक्ष सन्तोष सुवेदीले भने, ‘बजेट नभएर हो, नगरपालिकाले दिएको बजेट सकिएको छ, अब कतै स्रोत खोजेर चाँडै बल्छ ।’

सबैले आ–आफ्नो तर्क र विचारले पञ्छिएका छन् । बत्ति जोड्नेक्रममा एउटा स्वीच माडिवास जोरबाटोमा र अर्को स्वीच तल झोडापाटामा राख्ने अध्यक्ष सुवेदीले उद्घोष गरेका थिए ।

गएको पर्वहरु दशै र तिहारलाई लक्षित गरी योजना शुरु भएको थियो । तर झुण्ड्याइएको बल्बहरु प्नि पोलमै कोही दोव्रीएको छ भने कुनैको बल्ब फुटेर झरिसकेको अवस्थामा छ । यतिबेलाको समय भनेको वर्षायामको समय पनि हो । यो मौसममा सर्पदंशको जोखिम पनि उत्तिकै हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *