प्रधानमन्त्री ओलीका कारण लोकतन्त्र धरापमाः डा. खड्का

बेल्टार/असार ३। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रनै धरापमा परेको बताएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–२ झोडापाटा र ४ नं. वडा जिराईत टोल बसाहा जोड्ने लामाखोलामा निर्मित (ट्रसवृज) फलामे पुलको आज (विहिबार) उद्घाटन गर्दै डा. खड्काले सो कुरा बताएका हुन् ।

 

कोरोना महामारीको समयमा अत्यन्तै गैर जिम्मेवार पूर्ण अधिनायकवाद लादेर नागरिकलाई सास्ति दिइरहेको उनको भनाई थियो ।

एकातिर कोरोनको संकट छ भने अर्कोतिर बाढीपहिरोले नागरिकमा जनधनको क्षति व्यहोर्नु पर्दा अत्यन्तै मर्माहत भएको बताउँदै नागरिकप्रति संवेदनशिल हुन सरकारलाई आग्रहसमेत गरेका छन् ।

नागरिकको अधिकार र आवश्य आधारभूत विषयहरु पुरा गर्ने संघीय संसदलाई दुई/दुई पटक विघटन गरेर मुलुकलाई अफल पार्न उद्धत गरको नेता खड्को भनाई थियो ।

सरकार विपक्षीको भएपनि आफूलाई हेर्ने दृष्टिकोण अत्यन्तै सकारात्मक भएकोले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव सबैको सहयोगबाट सानादेखि ठूला योजनाहरुले सफलता पाएको उनले बताए ।

बेलाबेलामा आफ्नो निर्वाचन क्षत्र आउजाउ गर्ने पूर्व शहरी विकासमन्त्री खड्काले नागरिकको काम गर्दा आनन्द आउँने बताए ।

उद्घाटित पुलमा पनि उनको स्थानीय पूर्वाधार विकास कोष कार्यक्रम अन्तर्गतको बजेट १० लाख रुपैयाँ लगानी गरिएको छ भने नगरपालिका १८ लाख गरी कूल २८ लाख रुपैयाँमा उपभोक्तामार्फत सो पुलको निर्माण कार्य सम्पन्न भएको हो ।

०७७ चैत १९ मा सम्झौता भइ निर्माण कार्य शुरु गरिएको पुलको लम्वाई २७ मिटर र चौडाई ८ फिट छ भने  भारवाहन क्षमता ५ टनमात्र रहेको उपभोक्ता समितिका अध्यक्ष मौसम राईले जानकारी दिए ।

पुलमा चार पांग्रे हलुका सवारी साधनलाई मात्र आउजाउ गर्न सक्ने क्षमता भएको सचिव दिपेन्द्र वान्तावाले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, वडाध्यक्षहरु प्रशुराम राई, चरणकुमार राई, ८ नं. वडा सदस्य बासुदेव राई, त्यस्तै शिक्षक

नारायण श्रेष्ठ, स्थानीय समाजसेवीहरु पवन कार्की, शशिचन्द्र राई, रमेश विष्ट, खेमराज राई, पर्वत दाहाल, शुसिल खत्री, सन्तोष राई लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *