प्रदेश सांसद कार्की र थापालाई निलम्वनकाे घोषणा

बेल्टार/पुस २८।  प्रदेश नं. १ मा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड   समूहका संसदीय दलको बहुमत पक्षले उदयपुरका दुई   संसदलाइ निलम्वन गरेकाे छ । निलम्वन पर्ने  सांसदहरूमा प्रत्यक्ष निर्वाचित संसद विमल कार्की र समानुपातिक संसद अम्विका थापालाई निलम्बन गरेको हाे  ।

दुवैले  प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी ३ महिनाको लागि निलम्बन गरेको पत्र प्रदेशसभामा सोमबार दर्ता भएको छ ।

यस्तै मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्यत्रय इन्द्रमणी पराजुलीलाई निलम्बन गरिएको हो ।

यसअघि दलका नेता एवं मुख्यमन्त्री राई विरुद्ध प्रदेशसभा र संसदीय दलमा अविश्वास प्रस्ताव पेश गरेको समूहले दलको नेतामा भीम आचार्यलाई चयन गरेको थियो ।

सांसहरुको समर्थनमा संसदीय दलको नेता चुनिएका भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभएको तथा पार्टीको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम ३ महिनाका लागि निलम्बन गरेको उल्लेख छ ।

निलम्बन गरेको पत्रको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभाका सचिब गोपालप्रसाद पराजुलीले जानकारी दिए । निलम्बन गरेको पत्र ८ जनालाई पठाएको संसदीय दलका उपनेता टंक आङ्बुहाङले जानकारी दिए ।

गत पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई सो समूहले हटाएको राईले आफू विरुद्ध अश्विास प्रस्ताव पेश गर्ने १६ जनालाई निलम्बन गरेको पत्र यसअघि नै प्रदेशसभामा दर्ता गराएको थियो ।

गत पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हित बिपरित काम गरेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधिएकोमा जवाफ नदिएकोले निलम्बन गरेको आङ्बुहाङले जानकारी दिए ।

नेकपाका ६७ प्रदेशसभाका सदस्यमध्ये ३७ जनाले मुख्यमन्त्री रहेका राई विरुद्ध संसदीय दल र प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *