पोलिक्लिनिक सञ्चालक प्रहरी नियन्त्रणमा

बेल्टार/बैशाख ४। शुक्रबार एक पोलि क्लिनिक सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका वडा नं. १ आम्वासी स्थित बेलका मेडिकल पोलि क्लिनिक प्रालिका सञ्चालक २६ वर्षीय सुबोध यादवलाई पक्राउ गरेको हो ।

यादव सप्तरीको चिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरीका स्थानीय भएपनि आम्वासीमा पोलि क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

यादवले सञ्चालन गरेको क्लिनिकबाट प्रतिवन्धित लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारबाट राती ११ वजे इलाका प्रहरी रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यादवको पोलि क्लिनिकबाट नगद १ लाख १७ हजार रुपैयाँसमेत बरामद भएको छ ।

त्यस्तै आलुऔषधहरु ट्रामाडोल हाइड्रोकोलोराइड १ सय ९८ ट्याप्लेट, डाइसाइकोमाइन हाइड्रोकोलोराइड ५ सय १५ ट्याप्लेट, कवेटप ३ सय

५ ट्याप्लेट ट्रामाडोल हाइड्रोकोलोराइड ओपिडोल ५० एमजी ट्याप्लेटसंगै प्रतिवन्धित औषधीहरु प्रिगआउट किट १० ट्याप्लेट,

स्लाईडदिनाफिल १ सय एमजी ट्याप्लेट र जुनुग्रा रेड १ सय एमजीको १२ ट्याप्लेट पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *