“पार्टीको सबै निर्देशन सरकारले मान्नुपर्छ भन्ने छैन”- रक्षामन्त्री ईश्वर पोखरेल

 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको सबै निर्देशन सरकारले मान्नुपर्छ भन्ने नभएको बताएका छन् । आज सुनसरीमा प्रेस संगठन नेपालको प्रदेश एक भेला तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार पार्टीको नीति र घोषणापत्र अनुसार चल्ने बताएका हुन । सचिवालय सदस्य समेत रहेका पोखरेलले गुटको भेलालाई सरकारले नमान्ने पनि स्पष्ट पारे ।

उनले कम्युनिष्ट पार्टी सरकारमा पुगेको बाहिरी र केही भित्री शक्तिलाई नपचेको पनि बताए । बेलाबेला केही काण्ड निकालेर सरकारलाई असफल बनाउने खेल भइरहे पनि त्यो सफल नहुने मन्त्री पोखरेको भनाइ थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *