पहिचानवादी नेता राई चौदण्डीगढी आउँदै

बेल्टार/माघ ६। पहिचानवादी नेता अशोककुमार राई चौदण्डीगढी आउँने भएका छन् ।

आगामी ९ गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच हुने समायोजन कार्यक्रमलाई सम्वोधन गर्न नेता राई चौदण्डीगढी आउँने भएका हुन् ।

पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राईले चौदण्डीगढी नगरसमितिको समायोजन कार्यक्रमलाई सम्वोधन गर्न आउँन लागेको समाजवादीका नगर अध्यक्ष भूपेन्द्र राईले बताए ।

उक्त दिन सम्वन्धित शुभेच्छुक लगायत पहिचान, अस्तित्वप्रति चासो र चिन्तित व्यक्तित्वहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको उनले बताए ।

विभिन्न चरणको आदीवासी जनजातिहरुको आन्दोलन र ०६२/०६३ को जन आन्दोलनबाट उपलब्धिहरु खारेज हुने अवस्थामा पुगेकोले सो विरुद्ध सबै जुट हुन समेत अध्यक्ष राईले आह्वान गरेका छन् ।

आयोजित बृहत्त कार्यक्रम ६ नं. वडा बेल्टार वसपार्क स्थित चौदण्डी पार्टी प्यालेसमा दिउँसो ११ बजेदेखि शुरु हुने अध्यक्ष राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *