परराष्ट्रमन्त्री खड्का आफ्नो गृह जिल्लामा

बेल्टार/कात्तिक ६। परराष्ट्रमन्त्री डा. नारायण खड्का आफ्नो गृह जिल्ला उदयपुर आएका छन् ।

परराष्ट्रमन्त्री खड्का आफ्नो निर्वाचन क्षेत्र १ नं. अन्तर्गतको बेलका नगरपालिकाको चतरा पुल स्थित कोठुमा कार्यकर्ता भेटघाट कार्यक्रमको लागि आएका हुन् ।

शनिबार सुनसरीको धरान–चतरामासमेत नेता कार्यकर्ताहरुलाई भेटघाट गरी दिउँसो मात्र चतरा पुलको कोठु आइपुगेका मन्त्री खड्काले आफ्नो शुभेच्छुकहरुलाई धन्यावाद दिए ।

कार्यक्रममा बेलका ८ नं. वडाका अध्यक्ष जयकुमार राईले आफ्नो वडाको विकास निर्माणमा मन्त्री खड्काको अतुलनीय योगदान रहेको बताए ।

मन्त्री खड्काकै कारणले आफ्नो वडामा उच्च माध्यामिक विद्यालय सञ्चालनको अवस्थामा रहेको छ भने सडक पनि पुगेको बताए ।

तर पनि हाम्रो चाहनाहरु असिमित रहेकोले अभैmपनि खानेपानी, पुलको आवश्यक्ता भएकोले सो प्रति पनि मध्यनजर गर्न आग्रह गरे ।

असोज ६ मा नेपाल सरकारको परराष्ट्रमन्त्रीमा नियुक्त खड्का आफ्नो कार्यकर्ता तथा शुभेच्छुकहरुलाई धन्यवाद दिन आएको मन्त्री खड्काले बताए ।

‘संसद र मन्त्री तपाइहरुले नै बनाएको हो, तपाइहरुकै सेवक भएकोले भेटघाटमा आएको छु’, उनले भने ।

त्यस्तै कोठुको कार्यक्रम सकिएलगत्तै पश्चिम रामपुरठोक्सिला तर्फ आएका मन्त्री खड्काले बजार क्षेत्रका आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुलाई गाडीबाट उत्रेर हात मिलाउँदै र कतिपयलाई नमस्कार गर्दै नेपाली काँग्रेस बेलका– ५ नं. वडाले आयोजना गरेको कार्यक्रलाई संवोधन पुगेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै उनेले भने, ‘मेरो संसद र मन्त्री पदभन्दा पहिला म तपाइहरुको काका, छोरा, भतिज, दाजुको सम्वन्ध रहेकोले तपाइहरुले गरेका माया विश्वासलाई सधै शिरोपर गरिरहेको छु, यो सम्वन्धहरु निरन्तर यसैगरी रहिरहोस् ।’

म प्रतिको विश्वस र भरोसालाई कदापी डगमगाउन नदिने मन्त्री खड्को भनाइ थियो । हामीले पुरा गर्न नसक्ने कुरा बोल्दैनौ, जुन कुरा बोल्छौ त्यो पुरा गरेरै छाड्छाै ।

तर सर्वसाधारणलाई ढाटेर छलेर आफ्नो स्वार्थ पुरा गर्ने नेताको रुपमा नबुझिदिन मन्त्री खड्काले आग्रह गरे ।

अहिलेसम्म जे जति गरेका विकास निर्माणहरु नै मेरो विश्वासको भएको बताए । कहि कतै अपठ्याराहरु परेमा सिधै फोन गर्नसमेत नागरिकलाई मन्त्री खड्काले अग्रह गरे ।

अर्का नेता तथा प्रदेश संसद हिमाल कार्कीले आगामी निर्वाचनमा बेलकाको सबै वडामा विजयी प्राप्त गर्ने अवसर तर्पm लाग्न आग्रह गरे ।

त्यसैगरी मन्त्री खड्काले आइतबार चौदण्डीगढीका नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको स्वकीय सचिव विकास खत्रीले जानकारी दिए ।

ओलीको तानासाही प्रवृत्तिलाई अन्त्य गर्न अहिलेको गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताए । कार्यक्रममा धरान उपमहा नगरपालिकाका मेयर तिलक राई, चौदण्डीगढी नगरपालिकाका

मेयर खगेन्द्र राई, पार्टी सभापतिहरु अशोक कार्की र राजेन्द्र पौडेल, त्यस्तै जिल्ला सदस्य जयप्रशाद सुवेदी, लक्ष्मण चौधरी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *