बेल्टार/चैत २४। भोली (बुधबार) हुन गइरहेको नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनको लागि उदयपुर शाखाबाट भोटराज राई र भरत खड्काले उम्मेद्ववारी दिएका छन् ।
राई नेकपा माओवादी केन्द्र, माधव नेपाल समूहको चौतारी र स्वतन्त्र पत्रकार संघको तर्पmबाट साँझा उम्मेद्ववारी हुने भने खड्का नेपाल प्रेस यूनियन, केपी शर्मा ओली समूहको चौतारी र प्रेस मञ्चको साँझा उम्मेद्ववारी हुन् ।
दुवै उम्मेद्ववार निवर्तमान कार्यसमितिका राई उपाध्यक्ष र खड्का अध्यक्ष हुन् । गत २२ गतेको उम्मेद्ववारी मनोनयन दर्ता कार्यक्रम रहेपनि निर्वाचन संयोजक वद्रीप्रशाद काफ्लेले यूनियन र ओली समूहको चौतारीको एलायन्सको विज्ञप्तिमा हस्ताक्षर गरेपछि निर्वाचन निष्पक्ष हुनेमा आशंका पैदा भएको भन्दै भोटाराज समूहले विरोध गरेका थिए ।
उक्त समूहको विवादपछि नयाँ निर्वाचन समितिमा वरिष्ठ पत्रकार कौशल चेम्जोङको संयोजकतवमा गोकुल चाम्लिङ, वन्दना दनुवार र कमल कार्कीलाई नयाँ निर्वाचन मण्डलमा समावेस गरिएपछि पुनः मनोनयन दर्ता प्रक्रिया शुरु भएको छ ।