नेपाली समाज र काङ्ग्रेसका विचलित कार्यकर्ता
सिद्धान्त, आदर्श र मूल्यमान्यता छोडेर व्यक्तिलाई देवत्वकरण गर्ने र जातजाति केन्द्रीत वा धार्मिक प्रधानता देखाउनु वा पद(शक्तिमा विश्वास राख्नुलाई राजनीति भनिदैन र त्यो राजनीति हुदै हैन। एउटा दलकाहरूले राजा बोक्ने, एउटा दालकाहरूले धर्म बोक्ने र अर्को दलले निरंकुशता बोक्ने हो भने २००७ साल ०४६ र ०४७ र ०६२र०६३ को जनआन्दोलन ले किन ति व्यवस्था फाल्नु पर्यो र । तै व्यक्ति प्रधान वा वंशप्रधान वा निश्चित एक धर्मप्रधान व्यवस्था नै ठिक थियो नी नकि नीति, पद्धति, प्रणाली वा जनता प्रधान। अर्को तर्फ समाजमा भईरहेका संवेदनशील विषयमा निजी वा सामुहिक लाभका लागि जानेर (योजनाबद्ध ढङ्गले) हो वा अन्जानमा हो, केही व्यक्ति, समुह वा संस्थाले वास्तविक कारण (Fact couse) लाई लुकाएर गलत (False) र भ्रम (Mirage) सृजना गराउने खालका बनावटी क्रियाकलापको बनावटी विवेचना (Spurious interpretation) गर्नु पर्ने आवश्यक्ता देखिदैछ ।
काङ्ग्रेसले आाफ्नो विधानमा हिन्दु राष्ट्रलाई वैधानिक रूपमा जब सम्म एजेन्डा बनाउदैन तब सम्म कुनै व्यक्तिको पछाडि होहल्लामा नलाग्न आग्रह गर्दछौं। यस्ता विषयको उठान गर्छन भने त्यो संविधानमा स्थापित धर्मनिरपेक्षताको सवाललाई वा संघीय लोकतान्त्रिक गणतन्त्र माथिको छेडखानी हो भन्ने बुझ्नु पर्दछ। धर्मको राजनीति गर्ने हो भने देवादिदेव महादेवको दरवार श्री पशुपतिनाथमा, स्वयमभुनाथमा, वा दरवारमार्ग अगाडि रहेको मस्जिदमा बस्दा हुन्छ नकि कुनै राजनीतिक दलमा। हो राजनीति हरेक समस्याको समाधान गर्ने एक मात्र सामाजिक संस्था हो मान्दछौं तर यसको अर्थ आफ्नो विषय र मुद्दा भन्दा बाहेकको सामाजिक मुद्दालाई बेवास्ता र दबाउनु हैन। नेपाल चार वर्ण र छत्तीस जात भन्दा वृहत भएको विषय “सयौं थुगा फुलका हामी एउटै माला नेपाली“ भन्ने बोलको राष्ट्र गानले हरेक दिन चिच्याई चिच्याई भनिरहेछ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाली काङ्ग्रेसले भूल्न नहुने विषय र मुद्दा भनेको नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मीक, बहुसास्कृतिक, बहुलैङ्गिक, भौगोलिक विविधता, बहुवर्गिय, बहुरंगिक ममिलेर सिचेर बनाएको राष्ट्र हो भनेर। निजी स्वार्थका लागि विविधता बीचको एकता, शान्ति र सद्भाव भड्काउने त्यस्ता राष्ट्रद्रोहीलाई नेपाली काङ्ग्रेस र संविधानले पहिचान गर्न जरुरी छ ।
नेपालको राजनीतिको अस्तित्वमा रहेको अन्य दलले के गर्दैछ भन्नु भन्दा लोकतन्त्रमा विश्वास राख्ने न्याय प्रेमी जनताको निर्विकल्प दल नेपाली काङ्ग्रेसको विधानमा रहेको महामानव विश्वेश्वरप्रसादको लोकतान्त्रिक समाजवादलाई परिमार्जित गरौं नत्र पार्टीले बोकेको आदर्श र सिद्धान्त विपरीत झुण्ड बटुलेर नेपाली काङ्ग्रेसलाई कसैको पक्षपोषक बन्नबाट बचाऔं। नेपाली काङ्ग्रेस लाई विचलनबाट बचाऔं ।
अर्को तर्फ वर्तमान नेपाली समाजमा वास्तवमा स्वतन्त्र र आश्रीत विषय र मुद्दाहरू जस्तै राजसंस्था र हिन्दुधर्म बीच मजबुत सम्बन्ध देखिएतापनि कस्ले कसलाई असर र प्रभाव पारेको छ भन्ने सुनिश्चित गर्न सकेको छैन। उत्तेजनामा ल्याउदै, हिन्दु राज्य र राजसंस्थाका सवाल नै हरेक समस्याको समाधान हो र परिपुरक र आश्रीत विषय हो भन्ने गलत र भ्रामक तर्क, बनावटी हो। जसले नेपाली समाजलाई यस प्रकारको गैरदिशाउन्मुख (misleading) ले अझै कुसंस्कारको दलदलमा फसाँउदै छ ।
हिन्दुराष्ट्र र राजसंस्थाका सवालमा त्यसलाई स्वतन्त्र र आश्रीत बनाउने र राख्ने मुुुुख्य अदृश्य र सशक्त कारक भनेको सिङ्गो नेपाली समाज हो नकि निश्चित भिडभाड वा कुनै समुह। बनावटीपना(spuriousness) र तर्कमा खेलेर गलत र भ्रम सृजना गराउन सक्ने गैरदिशाउन्मुख नेतृत्व बहिष्कार र अस्विकार गर्न आग्रह गर्दछौं ।
हिन्दुधर्म, हिन्दुराज्य, राजसंस्थाले फैलाएको सामाजिक राजनीतिक भ्रमका सवालमा र त्यसले स्थापित गर्दैगरेको देवत्वकरणको संसकार साथै उडाउदै गरेको लोकतन्त्रको खिल्लीका विषयमा, विश्वसमाज वा नेपाली समाजका विषयविज्ञ, दार्शनिक, विद्वानहरू जति क्रियामा लाग्नु पर्ने हो त्यो देखिन्न। हिन्दुराज्य र राजसंस्था बीचको सम्बन्धको एजेन्डामा जति मजबुृत सम्बन्ध देखिएपनि त्यो वास्तविक र यथार्थ हैन भन्दै त्यसलाई मुख्य प्रभावित गर्ने अदृश्य शक्ति सिङ्गो सामाजिक संरचना हो नकि कुनै सम्प्रदाय वा हुलहुज्जा र समुह भनेर व्याख्या र विश्लेषण गर्न सक्दछ त्यो नै बनावटी विवेचनाको अवधारणा (concept या spurious interpertation) हो।
कुहिरोमा हराएको नेपाली समाजलाई उत्तेजना र भ्रममा पारेर कागले कान लग्यो भनिदिन्छन् र कान खोस्न पठाउछ कागको पछाडी। तर दौडिनेहरूको ईमानदारीता, संयमता, पवित्रता र निश्चलता माथि गरेको छेडखानीको परिणाम अक्षम्य हुनेछ। मुखलाई मोही छैन पिडुलालाई घ्यू दल्नपर्छ भन्ने र त्यस्तो बनाउनेहरू संग नबहकिन र उत्तेजनामा नआउन भन्दै सावधान रहनु पर्दछ नेपाली व्यक्ति, संस्था वा समाज।
-भुवनमान श्रेष्ठ
युवा नेता, नेआज संघ, नेपाली काङ्ग्रेस