नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नु भनेको पार्टीप्रतिको वितृष्णा होः डा खड्का

गढीखबर,
बेल्टार/असोज २०। कम्युनिष्ट कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नु भनेको पार्टी र सरकारप्रतिको वितृष्ण भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद डा. नारायण खड्काले बताएका छन् ।

मंगलबार चौदण्डीगढी नगरपालिकाको वडा नं. ४ अमलचौरीको वान्तावा टोल स्थित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै संसद खड्काले सो कुरा बताएको हो ।

स्थानीय नेकपा लगायत अन्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने १ सय ३३ जनालाई स्वागत गर्दै संसद खड्काले भने, ‘ नेपाली नागरिकले धेरै आशा र भरोसा गरेर दुईतिहाईको बहुमतले जिताएर पठाएका नेकपा सांसद, मन्त्रीहरु कमिशन र भ्रष्टचारमा लिप्त भएकोले त्यसको विकल्पमा अब नेपाली कांग्रेस भन्दा अरु कुनै पार्टी छैन, यही पार्टी हो, तपाई हामी सबैलाई अटाउँने जनताको प्यारो पार्टी कांगे्रस नै हो ।’

नेकाका स्थानीय युवा नेता तथा कार्यकर्ताहरु तस्विर खिचाउँदै

अहिलेको सत्तारुढ दल नेकपाले जनचाहना विपरीत कामहरु गर्दै व्यक्तिगत स्वार्थमा लागेकोले जनपक्षीय काम गर्छ भनेर यो सरकारसंग आशा गर्नु बेकार हुने स्पष्ट पारे ।

शहरी विकासमन्त्रीसमेत भईसकेका डा. खड्का कोरोना संक्रमणको अवस्थाबारे आफ्नो क्षेत्रमा अनुगमन गर्न र सामान्य नागरिक भेटघाटको क्रममा दुईदिन अघि उदयपुर आएका संसद खड्काले नगरपालिकाको योजनाबाट खरिद गरिएको ५० किलोवार्डको विद्युतीय ट्रान्स्फरमरको शिलान्याससमेत गरका छन् ।

सोही दिन पार्टी कार्यालय बेल्टारमा विहान भएको पार्टी प्रवेश कार्यक्रममा नेकपाको जिल्ला समिति सदस्य भवन चौधरीसहित १० जनाले पार्टी प्रवेश गरेका छन् ।

अन्य पार्टी प्रवेश गर्नेहरुमा बुद्धहाङ राई, विष्णु राई, नविनकुमार कार्की, मुकेश कटवाल, मदनकुमार बस्नेत, गिरीराज अधिकारी, धनबहादुर थापा र पत्थर राई रहेका छन् ।

नागरिक भेटघाटकै क्रममा आएका संसद खड्काले ८ नं. वडा लुङ्गिन्टार स्थित जनता माविको ४ कोठे पक्कि भवनको पनि शिलान्यास गरेका छन् ।

नगरपालिकाको बजेट ३६ लाख रुपैयामा निर्माण गरिने भवन चाँडै निर्माण कार्य शुरु गरिने प्रधानाध्यापक पदम तामाङले बताए ।

कार्यक्रममा क्षेत्रीय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, नगर प्रमुख खगेन्द्र राई, ७ नं. वडाध्यक्ष तेजराज तिम्सिना, ४ नं. वडाध्यक्ष चरणकुमार राई, तरुण दलका नगर संयोजक सन्तोष राई, उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की, शिक्षक नारायण श्रेष्ठ लगायतको स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

सोमबारमात्र पार्टी निकट नगरपालिकाको १० वटै वडामा तरुण दलको वडा तदर्थ समिति गठन कार्य सम्पन्न भएको थियो । पार्टी प्रवेशको कार्यक्रम आयोजक ४ नं. वडा तदर्थ समितिका संयोजक नविन सुप्तिहाङ राईको ठूलो भूमिका रहेको आयोजकले बताएको छ । त्यसैगरी जिल्ला स्थित त्रियुगा नगरपालिका वडा नं. १० मा पनि ६ सय ५२ जनाले सोमबार पार्टी प्रवेश गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *