निवर्तमान अध्यक्षले मनाेमानी गर्न खाेजेपछि महासंघमा ताला

बेल्टार/चैत २४। भोली (बुधबार) नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनको लागि निर्वाचन हुँदैछ तर उदयपुर शाखामा भने तालावन्दी गरिएको छ ।

निर्वाचन मण्डलमा निष्पक्षता नदेखिएको, निवर्तमान अध्यक्षले आफुखुशी मनाेमानी गर्न खाेजेकाे भन्दै एक पक्षले सोमबार बेलुका  महासंघमा विज्ञप्ति प्रकाशन गर्दै    तालाबन्दी गरेको हो ।

मनोनयन दर्ताको दिन २२ गते नै एक अमुक संगठनको विज्ञप्तिमा निर्वाचन मण्डलका संयोजक बद्रीप्रशाद काफ्लेले हस्ताक्षर गरेको पाइएपछि हिजो (सोमबार) संयोजक काफ्लेसहितको निर्वाचन मण्डल खारेज गरी वरिष्ठ पत्रकार कौशल चेम्जोङको नेतृत्वमा अर्को निर्वाचन समिति चयन गर्ने दुवै पक्षबीच सहमति भएको थियो ।

तर वरिष्ठ पत्रकार चेम्जोङले पनि एकै दिनमा मनोनयन दर्ता, नावाली प्रकाशन, दावी विरोध लगायतका कार्यहरु हुने भनिएपछि सो विषयहरुमा समय अपुग भएकोले कम्तिमा ५ दिनको समयसिमा राख्न आन्दोलनरत पक्षले माग गरेका छन् ।

पूर्व निर्वाचन समितिका आयुक्त काफ्लेले महासंघले तोकेको शुल्क भन्दा बढी मनोनयन दर्ता शुल्क लिएको, विधानमा नभएको सचिव पदमा आरक्षण कोटा राखेको, निर्वाचन संयोजक तोकिसकेको अवस्थामा एक पक्षले प्रकाशन गरेको विज्ञप्तिमा हस्ताक्षर गरेको विषयमा भोटराज राईको नेतृत्व पक्षले निर्वाचन निष्पक्ष नहुने भन्दै विरोध गर्दै आएका छन् ।

विवादित विषयमा निवर्तमान अध्यक्ष भरत खड्काको समूहले वातावरणसमेत तयार नगरेकोले सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा प्रेस संगठन, माधव नेपाल समूहको चौतारी र स्वतन्त्र पत्रकार समूहको अध्यक्ष्को लागि साझा उम्मेद्धवार भोटराज राई रहेको छ भने उता अर्को पक्षबाट नेपाल प्रेस यूनियन, पे्रस मञ्च र केपी शर्मा ओली समूहको चौतारीको अध्यक्षको लागि साझा उम्मेद्धवार निवर्तमान अध्यक्ष भरत खड्का रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *