निजी विद्यालय बसको ठक्करबाट वृद्धको निधन
बेल्टार/चैत २२। आईतबार विहान १० बजेको समयमा निजि विद्यालयद्वारा सञ्चालित बसको ठक्करबाट एक जनाको वृद्धको निधन भएको छ ।
निधन हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. १० इक्राहा स्थित ६२ वर्षीय जगनारायण श्रेष्ठको निधन भएको हो ।
खैराहा झेोडाबाट गाईघाट तर्पm जाँदै गरेको त्रियुगा पव्लिक वोर्डिङ खैराहा झोडा स्कूलको को १ ख २७४८ नम्बरको बसले ठक्कर दिँदा वृद्ध श्रेष्ठको घटना स्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेल्टारलाई खबर प्राप्त हुनसाथ प्रहरी निरीक्षक छे फिन्जो भोटेको नेतृत्वमा प्रहरी घटना स्थल पुगी बस र चालक
स्थानीय ३८ वर्षीय रत्नबहादुर कार्कीलाई इप्रका बेल्टारको नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोटेले जानकारी दिएको छ । उक्त घटना स्थल बेल्टारबाट १७ किलोमिटर पर्दछ ।